सिरहा,कार्तिक ९ गते– दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ ।सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व खास अवसरसमेत बन्ने गरेका हुन् । किसानका घर करेसाबारीमा लगाइएका फूल, अदुवा,सुथनी,नारिवल,उखु,कागती,करकलोको विरुवा,हलदीको विरुवा ,सेव,सुन्ताला,लौउका,मकै,ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन क
सिरहा,कार्तिक ९ गते । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चौकमा बृहत बिरोध कार्यक्रममा सोमबार जनमन पार्टीका अध्यक्ष डा। सिके राउतको पुतला दहन गरिएको छ । नेपाल कुशवाहा कल्याण समाज सप्तरीले डा। राउतको पुतला दहन गरेको हो ।कुशवाहा समाज सप्तरीद्वारा आयोजित बृहत बिरोध कार्यक्रममा सयौंको संख्यामा उपस्थिति समाजका अगुवाहरूले डा। सिके राउत विरुद्ध चर्को नारा लगाउँदै पुतला दहन गरेका थिए । संघीय खानेपानी तथा ढल ब्यबस्थापन योजना जनकपुरका निमित्त प्रमुख ईन्जिनियर राजेश कुशवाहालाई जनमत पार्टीका नेताकार्यकर्ताले अमानवीय ब्यबहार गरेको विरुद्ध कुशवाहा समाजले बिरोध प्रदर्शन गरेकका हुन् ।राउतको पुतला दहन गर्न
सिरहा, कार्तिक ८ गते / सिरहास्थित धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम सम्बन्धी सम्झौता हुँदैछ । भोलि मंगलबार विहान ११ बजे धनगढीमाई नगरपालिकाको सभा हलमा आयोजना हुने उक्त कार्यक्रममा धनगढीमाई नगरपालिकाका तर्फबाट नगरप्रमुख हरिनारायण चौधरी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिनुभएकोे छ । विद्यालयमा विद्यार्थीको संलग्नतामा अर्गानिक करेसा बारीमा तरकारी,
जनकपुर,कार्तिक ८ गते – सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ। कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता
सिरहा,कार्तिक ८ गते । नेकपा एमालेले गाउँपालिका र नगरपालिकाहरुको अधिवेशनको मिति मंगलवार तोके पनि सिरहाको लहान नगरपालिकामा भने आइतवार नै अधिवेशन सम्पन्न भएको छ ।लहान नगरको प्रथम अधिवेशनले राजकुमार साहको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिव वीरेन्द्र प्रसाद चौधरी उपसचिवमा राम अधीन यादव र प्रथमलाल चौधरी चयन भएका छन् ।कमिटीका सदस्यमा ललित नारायण चौधरी, जितेन्द्र यादव, रामसेवक ठाकुर, मोहम्मद जब्बारुल मिया, जनार्दन प्रसाद साह, भरतकुमार साहनी, जागेश्वर पसमान, राम कुमार मण्डल, राजकुमार मल्ल, महेश राम, नथुनी पसमान्, झौली राम, राम नारायण महतो, द
रौतहट,कार्तिक ७ गते । डिभिजन वन कार्यालय रौतहटका सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा सशस्त्र वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेको चोंचा सेक्टर वनका अधिकृत राजेश साहले बताए । उनीहरुले वन क्षेत्रभित्रै एकथरी संरक्षित चराको गुँड बाट १४ वटा बच्चा निकालेर मारेका छन् ।उनीहरुको साथबाट गरुडजस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर म
सिरहा, कार्तिक ६ गते । सिरहाको औरही गाउँपालिकामा युवाहरुले भ्रष्टाचार विरुद्धको अभियान अन्र्तगत मशाल जुलुस प्रर्दशन गरेको छ ।भ्रष्टाचारीलाई संरक्षण दिने, भ्रष्टाचार विरुद्ध अवाज उठाउनेलाई कार्वाही रबैया सरकारको ठिक नभएको भन्दै सचेत गराउन युवाहरुले नारावाजी सहित मशाल जुलुस प्रर्दशन गरेको जनमत पार्टीका यवा नेता दीपेन्द्र यादवले बताए ।भ्रष्टाचारीलाई सरकारले कार्वाही नगरे जनता जनकारबाही जारी राख्ने उनीहरुको भनाई छ ।
सिरहा,कार्तिक ६ गते । गोलबजारमा एक पुरुषको शव फेला परेको छ । गोलबजार नपा ५ ग्रामिण बजारमा मृत अवस्थामा सिरहाकै कल्याणपुर नपा ५ निर्दनाका करिव ३८ वर्षिय मितन सहनी(मलहा)को शव फेला परेको प्रहरीले जनाएको छ ।मलाह करिब एक महिना अगाडि घरबाट निस्केको पारिवारिक श्रोतले जनाएको छ । उनको अत्यधिक लोकल मदिरा सेवनबाट मृत्युभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिरहा,कार्तिक ६ गते । अबैध रुपमा ल्याउदै गरेको भन्सारछलीका लाखौ मुल्यको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।दैनिक रुपमा प्रहरीको निगरानि रहेपनि तस्करहरुले भन्सारको सामान छल्ली गरी ल्याउने प्रयास अझै छोडेका छैनन् सिरहाको कर्जन्हा न.पा.–२ मा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रम्मा लाखौ बराबर मूल्यको सामान पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा प्र.२–०२००१ च ००९२ नं. को म्याजिकमा अबैधरुपमा भन्सार छलीगरी ल्याउदैगरेको तारपिन तेल ४ कार्टुन, हार्पिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र सामान ओसार पोसार गर्ने म्याजिलाई समेत नियन्त्रमा लिईएका छन् सामान लगायत म्
बारा,कार्तिक ६ गते–लागुऔषध चरे’श नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका ४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरे’श रहेको थियो ।बरामद भएको चरे’शको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.