जनकपुरधाम,कार्तिक १४ गते । बालविवाह न्युनिकरणको लागि महोत्तरीको विभिन्न ७ वटा स्थानीय तहमा बालविवाह न्युनिकरण स्थानीय प्रणाली शुद्धिकरण परियोजना सुरु गरिएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, लोहारपट्टी नगरपालिका, बलबा नगरपालिका, मनरासिशवा नगरपालिका, पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिकामा उक्त परियोजना लागू हुने भएको छ । यूएसएड लगायतका दातृ संस्थाको सहयोग तथा रतौली युवा क्लव महोत्तरीको समन्वयमा सुरु भएको उक्त परियोजना अन्तर्गत माथि उल्लेख गरिएका७ वटै स्थानीय तहका ४९ वटा विद्यालयमा जीवन उपयोगी शिक्षा तथा व्यवहार परिवर्तन सम्बन्धि थप अध्ययन अध्यापन गराईने छ । परियोजना संयोजक सुन्दर हरिजनका अनुसार ४९ वटा विद्यालयमा एकै साथ दैनिक १ सय ७६ वटा कक्षा संचालन हुने छ । कक्षा ६,७ र ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये ४ हजार २ ९० जना बालविवाह न्युनिकरण सम्बन्धी शिक्षा दिने, कमजोर विद्यार्थीलाई उपचारत्मक कक्षा तथा व्यवहार परिवर्तन सम्बन्धी शिक्षा दिने र परियोजना अन्तर्गत ४९ वटै विद्यालयमा ४९ जना स्वय्मसेवक समेत राखिएको छ