सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले संघीय सरकारले पर्याप्त बजेट नदिएका कारण प्रदेश र स्थानीय तह ठिक ढंगले क्रियान्वयन नभएको बताउनुभयो । 

आज सिरहाको सुखीपुर नगरपालिका ४ स्थित पोखरियामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष भट्राईले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत मात्रै बजेट दिई ७० प्रतिशत बजेट संघ सरकारले आफ्नै मातहतमा राखेर उल्टो काम गरेका कारण संघीयताले ठिक ढंगले काम गर्न नपाएको गुनासो गर्नुभयो । 

vlcsnap-2021-10-31-18h12m44s245

नेता भट्राईले सवै पार्टीहरुको संयुक्त प्रयासमा लोकतान्त्तिक गणतन्त्र स्थापना भएपनि सहि लोकतन्त्र स्थापना हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले लोकतन्त्रमा सवै जाति, भाषा, धर्म, मर्ग, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्ने बताए । उहाँले लोकतन्त्रमा सवै जाति, भाषा, धर्म, मर्ग, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच पर्ने भएपनि अहिले निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरुकै बोल बाला भएकोले यो अवस्था फेर्न संविधान संशोधनमार्फत सामानुपातिक प्रतिनिधीत्वको सूनिश्चितताको जरुरी रहेको उल्लेख गर्नुभयो ।

vlcsnap-2021-10-31-18h12m16s216

कार्यक्रममा पूर्व मन्त्रि राजकिशोर यादव, कृषि मन्त्री विजय कुमार यादव, केन्द्रीय नेताहरु रामरिझन यादव, राजलाल यादव लगायतको उपस्थिति रहेको थियो । त्यस क्रममा नेपाली कांग्रेसबाट अजय यादव नेतृत्वमा परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।