अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र ट्याकटर प्रहरीको नियन्त्रणमा
मुकेश कुमार यादब
गोलवजार,कार्तिक १२ गते । सिरहामा अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र एक ट्याकटर प्रहरीले नियनत्रणमा लिएको छ । गोलबजार नगरपालिका १० मैनावति खोलाको पशिचम वनको जग्गामा उत्खन्न गर्ने देव विल्डर्स प्रा.लि.जनकपुरको जेसीवी र ओनटेष्ट पावर ट्याकटर पहरीले पक्राउ गरेको हो ।

अबैध रुपमा ग्राइभेल उत्खनन गर्ने जेसिवी र ट्रयाकटरलाई निजि जग्गामा उत्खनन गरेको रहेको छ, भन्ने जिल्ला समन्वय समिती र वन क्षेत्रमा उत्खनन गरेको पाइएमा वन कार्यालयलाई बुझाउने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राइले जनाएको छ ।

प्रहरीका अनुसार उत्खन्न गर्ने ठाँउ निजि हो भन्ने अहिलेसम्म प्रमाणलिएर नआएको बताए । ग्राइभेल खनेर वडाकै रुवालेटोलको बाटो मर्मतको काम गरिरहेको स्थानीयले बताएको छ ।
गोलवजार नगरपालिका वडा अध्यक्ष देवनारायण महतोकै निर्देशनमा ग्राइभेल उत्खनन गरेको स्थानीय शक्ति यादवले बताए ।

बाटो मर्मतको लागि ५ लाख रुपौयाँ छुट्याइएको वडा अध्यक्ष महतोले जानकारी दिए ।
यो क्षेत्रमा जनप्रतिनिधि, स्थानिय जन प्रतिनिधिकै मिलोमतोमा विकास निर्माणको कामको नाममा अबैध रुपमा ग्राइभेल उत्खनन गर्दै आएको स्थानियहरुको आरोप रहेको छ । यस प्रति नगरपालिका तथा प्रहरी प्रशासन समेतको उदासिन देखिएको स्थानियहरु आरोप रहेको छ ।




















