सिरहा,कार्तिक १२ गते – महोत्तरीको औरही नगरपालिका ९ अग्लेशराका ५० बर्षिय व्यक्ति बोक्सो आरोपमा बिहीवार राती कुटिएका छन् ।
ती ब्यक्तिलाई सोही स्थानका ४० बर्षिय शिलादेबी मंडल, उनका छोरा १६ बर्षिय रामउदेश मंडल, ३५ बर्षिय दुखियादेबी र उनका छोरा १५ बर्षिय कृष्ण मंडललले बोक्सो आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनकारी दिए ।
बिजयादशमी अघि शिलादेबीका श्रीमान् र रुपती संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल र्दुघटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जनएको छ ।
पीडित पुरुषको बायाँ आँखा र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नमध्ये शिलादेबीलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भईरहेको भएरहेको छ




















