X Sharama Funecure

राष्ट्रिय

    Showing ८३१-८४० of ९९३ items.
  • डुङ्गा दुर्घटना, एक जनाको मृत्यु

    बैतडी,कार्तिक ११ गते – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११८ पटक पढिएको
  • नक्कली नोटसहित व्यापारी पक्राउ

    सिरहा,कार्तिक ११ गते – महोत्तरी प्रहरीले नक्कली नोटसहित एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले गौशाला नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको हो। बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२० पटक पढिएको
  • शिसामा च्यापिएर कामदारको मृत्यु

    पर्सा,कार्तिक १० गते – वीरगञ्ज महानगरपालिका–१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट शिसा अनलोड गर्ने क्रममा शिसामा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ ।शिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो ।हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ९० पटक पढिएको
  • अवैध काठ बरामद

    रौतहट,कार्तिक १० गते – रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ ।सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो । तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए । त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले मंगलबार राति नै ३ थान सालको गोलिया र ३ वटा साइक

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ६८ पटक पढिएको
  • उदयपुरका ग्रामीण सडक अझै खुलेन्न

    सिरहा,कार्तिक १० गते  – दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् ।दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताए ।दशैं अघि नै दैनिक उपभोग्य सा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ७४ पटक पढिएको
  • सेवाग्राही राजश्व कार्यालय अगाडि नै ठगिदै

    जनकपुरधाम,कार्तिक १० गते – आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् । हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ९२ पटक पढिएको
  • आर्मी समूह विजेता बन्दै भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश

    काठमाडौं,कार्तिक १० गते – नेपाल आर्मी भेट्रान्स क्लब समूह ए को विजेता बन्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले दोस्रो जित हात पारेको हो ।लगातार दुई खेल जित्दै ६ अंक जोडेको आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जित दिलाउन राजु तामाङले दुई तथा विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए । पहिलो खेलमा आर्मीले  फुटबल फेलोसिप क्लबलाई ७–१ ले पराजित गरेको थियो । फुटबलर्स मिसन टुगेदरको आयोजनामा भइरहेको प्रतियोगि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ९४ पटक पढिएको
  • सप्तरीमा गाडीको ठक्करबाट निलगाईको मृत्यु

    सिरहा,कार्तिक १० गते – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८३ पटक पढिएको
  • ओलीलाई देउवाको जवाफ परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार

    काठमाडौं, कार्तिक १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको जानकारि दिएको छ ।बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन । संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने जानकारि गराए।कांग्रेस सभापति समेत रहेका प्र

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८६ पटक पढिएको
  • सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने

    सिरहा,कात्तिक १० गते – सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने भएका छन् ।धनुषाको सबैला नपाका नगर प्रमुख विजयशंकर प्रसाद साहले तिहार अगावै शिक्षकहरुको तलब दिने प्रतिवद्धता जनाउनुभएको छ ।मेयर साहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरी तिहार अगावै तलब दिने जनाएपछि आन्दोलन स्थागित भएको हो । पालिकाका सबै विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्षको तलब नपाएको भन्दै आन्दोलन थाल्नुभएको थियो । चाडपर्वका बेला पनि तलब नपाउँदा घरखर्च टार्न गाह्रो भएको भन्दै नगरपालिकाको कार्यालयमा सोमबारदेखि आन्दोलन गर्दै धर्नामा बस्नुभएको थियो ।सबैला नगरपालिकास्थित श्री सरस्वती मावि ठिलाका प्राध्यापक नथुनी साहले जिल

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२