सिरहा,कार्तिक २२ गते । वर्षौदेखि अकाशे पानीको भरमा खेतीपातीगर्दै आएको सिरहास्थित औरही गाउँपालिका वडा नं. ३ र ४ का कृषकहरुलाई प्रदेश सरकारको सहयोगले सहजानदीमा हेडबक्स, क्यानललगायतका संरचना निर्माण गरिदिएपछि कृषकहरुको मुहारमा खुशीयाली छाएको छ । 

sichai3

प्रदेश नं. २ सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्ग जलश्रोत तथा सिंचाई विकास कार्यालय सिरहा मार्फत् सहजा नदीमापाँच करोड ६० लाखको लागतमा हेडबक्स, क्यानल लगायतका संरचनानिर्माण भएर कृषकहरुको खेत खेतमा सिंचाई हुनथालेपछि आफूहरु खुशीभएको स्थानीय अशेश्वर यादवले जनाउनुभयो । 

हेडबक्स नभइदिंदा औरही वडा नं. ३ र ४ का खजनपुर, इटाटार, गोठ लगायतवरिपरिका करिव एक हजार हेक्टर खेती योग्य जमिनमा जग्गाअकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने वाध्यता रहँदै आएको थियो । हेडबक्स निर्माणले सो समस्या समाधानभई सतही सिंचाई मार्फत् कृषकहरुले चाहेबखत लगाईएको खेतीपातीमा सिंचाई गर्न पाएपछि उनीहरु खुशीभएका हुन् ।

sichai 6

सिंचाईको समुचित व्यवस्था अभावमा खडेरीको समस्याझेल्दै आएको स्थानीय कृषकहरुले हेडबक्स निर्माणले खेत खेतमा सिंचाई हुनथालेपछि विहान बेलुकाको छाक टार्न समस्या समाधान मात्रभइरहेको छैन, खेतीपातीको उब्जनीबाट आफ्नो गर्जो समेत टर्ने गरेको कृषकअशोक कुमार यादवले उल्लेख गर्नुभयो । 

sichai2

हेडबक्ससँगै पानीनिकाल्ने क्यानल लगायतका संरचनाहरुको मागअझै रहेपनि बजेट अभावको कारण आवश्यकता अनुसारका साना सानाक्यानल निर्माण गर्न नसकिएको सिंचाई विकास डिभिजन कार्यालय सिरहा काप्रमुख अरुण कुमार यादवले वताउनुभयो ।

सिरहामा ६५ हजार कुलखेती योग्यजग्गा रहेको छ । अधिकांश मानिसहरुले खेतीपातीकै भरमा आफ्नो जीविको पार्जन गरिरहेको छ । कृषिकर्म गरेर आफ्नो गर्जो टार्ने कृषकहरुको लागिप्रदेश सरकारले आवश्यकताको आधारमा सहयोग गरे वर्षेनीयुवाहरु वैदेशिक रोजगारीको लागिजाने क्रमलाई रोकिन सक्ने आकलन स्थानीय बुद्धिजीवीले गरेका छन् ।।