X wada

मुख्य समाचार

    Showing २,७६१-२,७७० of २,९७२ items.
  • शेयर बजार १८ अङ्कले बढ्यो, ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार

    काठमाण्डौ,कार्तिक १० गते – शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ ।यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ । आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भए

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८७ पटक पढिएको
  • शिसामा च्यापिएर कामदारको मृत्यु

    पर्सा,कार्तिक १० गते – वीरगञ्ज महानगरपालिका–१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट शिसा अनलोड गर्ने क्रममा शिसामा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ ।शिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो ।हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०३ पटक पढिएको
  • अवैध काठ बरामद

    रौतहट,कार्तिक १० गते – रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ ।सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो । तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए । त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले मंगलबार राति नै ३ थान सालको गोलिया र ३ वटा साइक

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८० पटक पढिएको
  • उदयपुरका ग्रामीण सडक अझै खुलेन्न

    सिरहा,कार्तिक १० गते  – दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् ।दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताए ।दशैं अघि नै दैनिक उपभोग्य सा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८७ पटक पढिएको
  • परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम, विद्यार्थीको भविष्यमाथि खेलवाड

    बारा, कार्तिक १० गते– प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बुधबार प्रथम त्रैमासिक परीक्षा स्थगित गरी आज सांस्कृतिक कार्यक्रम भइरहेकाले परीक्षा नै प्रभावित भएको अभिभावकले बताएका छन् ।स्थानीयबासीमा सम्झदारी नभएकाले बालबालिकाको भविष्य अन्धकारमा राखेर परीक्षा स्थगित गरी विद्यालय परिसर भित्र सांस्कृतिक कार्यक्रम गराइएको अभिभावक मुनीलाल यादवले बताउनुभयो ।परीक्षा अघि वा परीक्षा सकेपछि विद्यालयको सट्टा अर्को ठाउँमा साँस्कृतिक कार्यक्रम गर्न सकिन्थ्यो, दुर्भ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १२४ पटक पढिएको
  • सेवाग्राही राजश्व कार्यालय अगाडि नै ठगिदै

    जनकपुरधाम,कार्तिक १० गते – आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् । हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०६ पटक पढिएको
  • सप्तरीमा गाडीको ठक्करबाट निलगाईको मृत्यु

    सिरहा,कार्तिक १० गते – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ९८ पटक पढिएको
  • केरा खेतीमा साहको २५ लाखको क्षती

    सिरहा,कार्तिक १० गते – अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ ।झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए ।अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु।२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए ।उनले भने, ‘सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११४ पटक पढिएको
  • आजदेखि : रसुवामा सार्वजनिक गाडीको भाडा घट्यो

     रसुवा,कार्तिक १० गते – रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो ।सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो ।जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।  ‘हामीले जनतालाई केही राहत मिलोस् भनेर भाडादर बारे व्यवसायीसँग छलफल गरेका थियौं’,

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११५ पटक पढिएको
  • वाग्मती प्रदेश : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने

    मकवानपुर,कार्तिक १० गते  – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको हो ।प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । उहाँ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ९२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२