मोरङ,कार्तिक १२ गते – बिराटनगर महानगरपालिका–१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प. ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ