कपिलवस्तु,कार्तिक १२ गते – मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका–८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त गेट नजिक लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त अनुसार सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ