काठमाण्डौ,असोज ११ गते । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ।२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन्। हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ।नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए। त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ।नागरिक न्यूज बाट
भोजपुर ,असोज ११ गते ।भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन्। निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन्। भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ। आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट रु ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व सङ्कलन हुने देखिन्छ। एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन ख
सिरहा,असोज १ गते । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन ९शनिबार० वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ९आइतबार० वर्तालु महिलाहरु निराहार उपवास बस्नेछ
काठमाडौं,भदौ ३० गेते । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको १ बजे बस्ने भनिएको बैठक ३ बजेलाई सरेको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी महाअभियोग सिफारिस समितिले गरेको थियो ।यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
सिरहा, भाद्र २६ गते । भ्ूामि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि प्राप्तिको राष्ट्रिय अभियान नै चलेकाले अबका दुई वर्ष भित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभएको छ । आइतबार सिरहाको धनगढीमाई नगरपालिकास्थित १३ नं. वडा भर्लेनीमा आयोजित भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले नागरिकलाई अधिकार सम्पन्न गराउने अभियान भएकाले यो वा त्यो नभनीकन सबैले हातेमालो गरेर गएको खण्डमा भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभयो । कसैको दवाव र प्रभावमा परेर वास्तविक सुकुम्वासीले लालपूर्जा नपाई हुकुम्वासीले पाउने कहि कतैबाट
काठमाण्डौ, भाद्र २४ गते । किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्।शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममामा बाल्दै अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्। अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीव
काठमाण्डौ,भाद्र २४ गते । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।त्यस्तै माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागरेको हो । दुई कम्पनीको करिब ७४ करोड ९ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेक
काठमाण्डौ,भाद्र २४ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भयो, जो बेलायतमा सबैभन्दा लामो समय गद्दीमा थिइन् । सन् १९५२ मा गद्दी सम्हालेकी उनले ७० वर्षसम्म शासन गरिन् ।बाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा उनको निधन भएको हो । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ ।उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ ।एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान
काठमाण्डौ, भाद्र २४ गते । बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक ।तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनौलो रंगको उक्त बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएकी थिइन् ।राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो ।वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बकिंघम दरबारमा छ ।वी
काठमाडौँ, भदौ २४ गते । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले उल्लेख गरेको छ । भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० कि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.