सिरहा,कार्तिक १२ गते । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाईने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सूर्यलाई पुजा आराधना गरी मनाईदै छ । सूर्य देवको आराधना उपासना र पुजाको यो पर्व तराई मधेशका जिल्ला सिरहा लगायत देशै भरी मनाउन लागेको हो ।
यस पर्वमा खासगरी छठी भगवतीको पूजा गरिन्छ । छठ पर्व मनाएमा रोग,दुःख र दरिद्रताका सथै परिवारमा शान्ति कायम हुनुका साथै पुत्र, पति र परिवारको कल्याणमा सहयोग पुग्ने जनविश्वास रहेको पाईन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पु?षले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी हातमा राखेर सूर्यलाई अर्पण गरेर तलाउबाट बाहिर आउने गर्दछन् । छठ पर्वको पुजा सामग्रीको रूपमा नरिवल, केरा, ढकिया, कुर्वा, कोशिया, बदही, ढकना मुला, भुस्वा, ठकुवा, आदी रहेका छन ।
छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदी तलाउह?को सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउने चलन रहिआएको पाईन्छ ।

छठको पहिलो दिन नहाए खाए व्रतालु बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन ।
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर साग , लौका लगायत तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन ।
ठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन ।
तिहारमा मनाईने लक्ष्मी पूजाको समापनपछि तराई मधेसका जिल्लाह?मा मनाईने छठ पर्व कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत रूपमा शु? गरिन्छ ।





















