सिरहा,कार्तिक ७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं।४ जयपुरमा हरेक वर्ष लाग्ने लक्ष्मी पुजालाई भव्य रुप दिन आज ठूलो कलश यात्राको आयोजना गरेको छ ।
विधि विधान अनुसार देवस्थलको जलाशयबाट कलशमा पानी भरेर लक्ष्मीको प्रतिमा स्थलम राखे पुण्य प्राप्ति हुने जनविश्वासको कारण गाउँ गाउँबाट आएका सयौंको संख्यामा भक्तजनहरुले धनगढीमाई नगरपालिका वडा नं। ५ स्थित धर्मस्थल राजदेवी मन्दिर प्रांगणको दुदहा भबढीबाट जल भरेका हुन् ।
स्थानीय एवम् विभिन्न दाता, चन्दा संकलनबाट आयोजना हुने मेला विगत पन्द्रह वर्षदेखि प्रत्येक वर्ष दीपावलीको अवसरमा मेला लाग्ने गरेको स्थानीय राज कुमार चौधरीले बताउनु भयो ।
कलश शोभा जात्राको उद्घाटन संयुक्त गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं।२ प्रतिनिधि सभाका उम्मेदवार चित्रलेखा यादव र सिरहा क्षेत्र नं। २ ९ख० प्रदेश सभा सदस्य उम्मेद्वार मदन श्रीवास्तले गरेका हुन् । त्यसबेला नेपाली कांग्रेसका सभापति रामचन्द्र यादव, वडा नं। ४ का वडा अध्यक्ष ओम प्रकाश यादव लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




















