सिरहा,कार्तिक ७ गते । आसन्न दीपावलीको लागि अहिले रंगीविरंगी फुलहरुको माग अत्यधिक छ । फुलको लागि वर्षौंदेखि अर्का मुलुकको पर निर्भर रहेको थियो । तर यसपालि स्थानीय स्तरमा फलफुल नर्सरीहरुले विभिन्न किसिमका फुलहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेपछि सिरहावासी यसपल्ट आफ्नै जिल्लाबाट उत्पादित फुलबाट पूजा पाठ गर्न पाएका छन् । 

वर्षौदेखि चाडपर्व, ब्रतबन्ध एवम् वैवाहिक कार्यक्रमको लागि विभिन्न प्रकारका फुलहरु अन्य मुलुकबाट आयात गरिरहेका सिरहाका स्थानीयहरुले अहिले आफ्नै जिल्लामा उत्पादित फुलहरुबाट आवश्यकता परिपूर्ति गर्न थालेको छ ।

जिल्लामा दर्जन बढी फलफुल तथा फुल नर्सरीहरुले विभिन्न खाले फुलहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेपछि स्थानीयले सो अवसर पाएका हुन् । तिहारको सननिकटमा सिरहाका विभिन्न फुल नर्सरीका संचालक तथा कामदारहरु अहिले फुल टिप्न तथा माला बनाउन तथा बिक्री गर्न व्यस्त छन् । 

सयपत्री र मखमली फुलको बिक्रीबाट यसपल्टको तिहारमा मात्रै पाँच लाख बढी आम्दानी हुने वताउँछन् । उनी अहिले जिल्लामा मात्र नभई मुलुकको व्यापारिक बजारसँगै विभिन्न मठ मन्दिरमा समेत निर्यात गरिरहेको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठका अनुसार जिल्लामा एक दर्जन बढी फलफुल नर्सरीबाट सयौं क्वीन्टल फुलहरु उत्पादन हुन्छ यद्यपि फुल भण्डारण गर्ने कोल्ड स्टोरको अभावको कारण किसानहरु मारमा पर्दै आएको वताउँछन् । 

सिरहामा फुलहरुको लागि सुहाउँदो माटो छ । राज्यले प्रोत्साहन हु्ने गरी सहयोग गरिए बाह्रै मास मुलकमा मात्र नभई विदेश समेत निर्यात हुने गरी विभिन्न प्रकारका फुलहरु उत्पादन गर्न सक्ने क्षमता आफूहरुसँग रहेको  फुल नर्सरी संचालकहरु बताउँछन् ।