सिरहा कार्तिक २ गते । हिन्दुहरुको महान पर्व दिपावली नजिकिन थालेपछि सिरहाका स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहलपहल बढेको छ । 

दिपावली पर्वमा आवश्यक पूजा सामाग्रीहरु खरिद गर्न स्थानीय बजारहरु लहान, धनगढीमाई, गोलबजार, सिरहा लगायतका बजारहरुमा किनमेल गर्नेहरुको घुइँचो लागेको हो । 

माटोबाट निर्मित, दियो, गाग्री, ढकनी तथा बाँसबाट निर्मित नांग्लो ढाकी लगायतका सामाग्री खरिद गर्न घुइँचो लागेको हो । पहिलेको तुलनामा यसपल्ट पूजा सामाग्रीहरुको मूल्य व्यापारीहरुले मनोमानी ढंगले बढाए पनि सम्बन्धित निकायको वेवास्ता गरेको आफूहरु थप आर्थिक मारमा परेको स्थानीयले गुनासो गरेका छन् ।