सिरहा,कार्तिक ८ गते ।  नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि  सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम जनतालाई अवगत हुनेगरी १५ बुँदे प्रतिबद्धता पत्र नेपाली कागजमा लेखेर औठा छाप लगाई सार्वजनिक  गर्नु भएको छ ।

सिरहाको धनगढीमाई स्थित धनगढी बजारको प्राकृतिक अस्पतालको सभाहलमा आयोजित पत्रकार  सम्मेलन गरि १५ बुन्दे नेपाली पेपरमा (बसहा कागज) घोषणा  पत्रका साथ भावी योजना बनाउँदै  विकाशको लागि प्रतिबद्धता जनाउदै सम्मेलनकै क्रममा औठा छाप लगाउनु भएको छ । 

vlcsnap-2022-10-25-14h47m22s830

कार्कीले  आफूले  घोषणा  पत्रमा उल्लेख गरेअनुसार निर्बाचित भएपछि काम गर्ने कुरा बताउनु भएको छ र  सो घोषणा 

पत्र अनुसार आफूले आम जनताको काम नगरे उहाँले भन्नु भयो - मैले लगाएका औठा छापबाला कागजको माध्यमले नेपालको कानुन बमोजिम सजाय समेत भोग्न तयार रहेको  बताए ।

लिखित कागजमा उनले भनेका छन्   आफू निर्वाचित भएको सातौं दिनदेखि नागरिकता समस्या समाधानका लागि राष्ट्रपति भवन अगाडी अनसन ू बस्ने लगायतका भावी योजनाका साथ दूरदर्शी युवा नेताको रूपमा कहलिएका कार्की विगत लामो समयसम्म पत्रकारिता क्षेत्रमा अनुभव बटुल्दै करिब द्दड  वर्षदेखि ओकालत पेसामा रही कानूनी ज्ञान प्राप्त गरेका कार्की करिब ठ वर्ष सम्म रेडियो नेपालको कार्यकारी निर्देशक भएर काम गर्नु भएको थियो ।

vlcsnap-2022-10-25-14h44m04s889

 करिब एक दर्जन बाहिरी मुलुकको भ्रमण गरेका कार्कीले चुनावी मैदानबाट यसरी नेपाली कागजमा औठा छाप लगाउने जिल्लाकै पहिलो उम्मेदवार हुनुहुन्छ ।

सिरहाको निर्वाचन क्षेत्र नं २ मा करिब एक लाख सात हजार चार सय पैसठ्ठी जनसंख्या रहेको देखिन्छ जहाको चुनाबी मैदानमा कार्की हुनुहुन्छ ।