विनोद मण्डल कार्तिक ८ । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न ठाउँमा पक्रउ गरेको विस्पोटक सामाग्री नष्ट गरेको छ । खासगरी हिन्दूहरूको महान चाड बडा दसैं , तिहार र छठको अवसरमा तराई मधेशका जिल्लाहरूमा दक्षिणी सीमावर्ती क्षेत्रवाट विस्पोट पदार्थहरू पटाका , फुल्झारी , आलु बम , चिर्चिरी लगायतका लाखौं मुल्य बराबरको विस्पोटक पदार्थ बरामद गरी नष्ट गरेको हो । 

312988686_520139356632377_6287721106760481241_n

प्रहरीले विभिन्न मिति, समय र स्थानमा जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल भित्राएको अं। मूल्य रु। १५,००,०००र( ९पन्ध्र लाख० बराबरको पटका जन्य पर्दाथहरु बरामद गरि  २०७९।०७।०८ गते स्थानिय जन प्रतिनिधीहरु, संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।312592624_1480484662449904_5608313747153009849_n