धनुषा,माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी
काठमाण्डौ,माघ ३ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेश प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह मिलेको अनलाइनखबरसँग बताए
अनुभक्त चौधरीसिरहा,माघ ३ गते । वर्षाको समयमा पानीको भेलले कटानको सम्स्या झेल्दै आइरहेका सिरहा स्थित लहान नगरपालीका वडा नं. १० खुट्टी खोलामा मधेश प्रदेश सरकारको २५ लाखको लागतमा स्पर निर्माण भएपछि ग्रामीण चौक आसपासका वस्ति जोगिएको छ ।मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहा मार्फत आर्थिक वर्ष २०७८/०७९ को वजेटले खुट्टी खोलामा चार वटा स्पर निर्माण भएपछि सो समस्या हटेको स्थानीय वताउँछन् । खुट्टी खोलाको भेलले वर्षेनी कटान भईरहदा ग्रामिण चौकको पश्चिम भागको वस्ति जोखिममा पर्दै आएको थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको
सिरहा,माघ २ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुल नाराका साथ शुरु भएको फुटवल टुर्नामेन्टमा सप्तरीको सिसुवारी फुटवल क्लवले नवाेबुध्द फुटवल क्लव मझाैलाई एक को विरुद्ध दुई गोलले जित हसिल गरेको छ ।लहान नगरपालिका वडा नं. ११ स्थित पिडरबोनी फुटबल क्लव सिरहाद्वारा आयोजित फुटवल गोल्डकपमा विजयी भएका सिसुवारी फुटबल क्लवलाई एकाउन्न हजार नगदसहित शिल्ड प्रमाण पत्र प्रदान गरिएको थियो भने खेलमा दोस्रो हुने नवाेबुध्द फुटवल टिमलाई सताईस हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुस २३ गते आयोजित फुटबल गोल्ड कप टुर्नामेन्टमा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभ
अनुभक्त चौधरी सिरहा, माघ २ गते । माघी पर्वको अवसरमा आयोजित माघी महोत्सव २०७९ लाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले पर्यटकीय स्थल हाथीदह जाने बाटोमा करिव पचास लाखको लागतमा कालोपत्रे सडक बनाउने घोषणा गरेको छ ।लहान नगरपालिका वडा नं. १५ स्थित वानटोलमा थारु सेवा समाजद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मेयर चौधरीले पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको हाथिदह जाने बाटो जिर्ण रहेकोले पर्यटकीयलाई सुविधाको लागि उक्त सडक बनाउने घोषणा गरिएको जनाउनुभयो । थारुको कला संस्कृतीको जगेर्णा गर्ने उद्देश्यले प्रत्येक वर्ष माघी पर्वको अवसरमा सिरहाको विभिन्न ठाउँमा विशेषत
शम्भु चौधरी सिरहा,माघ २ गते । सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोज्न थालेकी छिन ।२०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ बकधुवाका पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो ।बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा कर्ण। ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ ।सीमाका अनुसार आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक माग ग
अनुभक्त चौधरीसिरहा,माघ २ गते । सिरहाको लहान नगरपालिका वडा नं. १८ अमही स्थित ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढमा पोखरी सौन्दर्य करणको काम भएको छ ।सौन्दर्यकरण अन्तर्गत मधेस प्रदेश सरकारको ४० लाखको लगतमा पोखरीको पूर्व र दक्षिण तर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाईट र मन्दिरको प्राङ्गनमा पीसीसी ढलान गरिएको छ । यस्ता संरचना निर्माणले विवाह, ब्रतबन्ध लगायत सामाजिक कार्य गर्न समेत सहज हुनुको साथै सार्वजनिक रुपमा रहेको उक्त पोखरी संरक्षण समेत भएको स्थानीयको भनाइ रहेको छ । हरेक वर्ष बैशाख २ गते भव्य लाग्ने पकडियागढी मेलामा चोहरमलले खनेको सुरुङ्ग हेर्न नेपाल लगायत छिमेकी राष्ट्र भारतको हजा
काठमाडौं, पुस २९ गते । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पोखरेलविरुद्ध एक करोड छ लाख ३३ हजार ३३९ रुपियाँ १२ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको जानकारी दिनुभयो । प्रवक्ता भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ ।यातायात व्यवस्था कार्यालय सवा
सिरहा,पुस २९ गते । सिरहाको लहानस्थित प्रादेशिक अस्पताल न्यूनतम् सेवा मापदण्डको मूल्यांकनमा पछाडि परेको छ । यस अघि ७१ प्रतिशत मापदण्ड पूरा गरेको प्रादेशिक अस्पताल लहानले यसपल्ट ६१ प्रतिशतमा झरेको हो ।मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा फोहोरको व्यवस्थापन, विरामी अनुसारको वार्ड वर्गीकरण, विरामीप्रति गरिने व्यवहार लगायतको कमजोरीका कारण न्यूनतम सेवा मापदण्डमा पछाडि परेको जनाइएको छ । मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको कार्य योजना बमोजिम सबै प्रादेशिक अस्पताललाई प्रत्येक ६ महिनामा गरिने न्यूनतम सेवा मापदण्डको मूल्यांकनमा लहानस्थित प्रादेशिक अस्पताल
धनुषा,पुस २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् ।नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजात
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.