सिरहा,माघ १० गते । सिरहाको अर्नमा गाउँपालिकाबाट एक बालिका घरपरिवारबाट सम्पर्क विहिन रहेकी छिन ।
अर्नमा गापा वडा नं. ३ हर्कटाकी १२ वर्षकी चान्दनी कुमारी महतो माघ ८ गते शनिवार देखि सम्पर्क विहिन रहेकी छिन् ।
चान्दनी २ देखि ३ वजेको समयमा घरबाट खेल्न निस्कीएकी र फर्केर घर नआए पछि घरपरि चिनतित्त भएका छन् ।
आफनो आफन्तकोमा पनि खोजी गर्दा फेला नपरेको परिवारजनले बताउनु भयो ।

शनिबार दिउसो खेल्नको लागी कालो रंगको हाफ भेस्ट र निलो नेकर लगाएको गहूँगोरो रंगकी चान्दनीकी मानसिक सन्तुलन ठिक नरहेकोेले भेटनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं.९८२८०९०४६०,९८०६३८५३३४ मा सम्पर्क गरि खवर गरिदिनहुन परिवारजनले आग्रह समेत गरेको छ ।




















