सिरहा,माघ,१३ गते । ग्रामीण उद्यम तथा विप्रेशन आयोजना (समृद्धि) ले लैंगिक कार्य सिकाई मार्फत्  मधेश प्रदेशको सात जिल्लाका ग्रामीण क्षेत्रका विपन्न, अति विपन्न परिवारको सर्वाङ्गीण विकासको लागि कार्य गर्दैछ ।

सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यले संचालित उक्त नविनतम् कार्यक्रमले लक्षित अति विपन्न महिलाहरुको आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपमा सवल बनाउन तीन वर्षे परिवारिक योजनामार्फत् कार्यक्रम संचालन गर्दै आएको हो । 

vlcsnap-2023-01-27-10h17m44s586

ग्रामीण भेगका अति विपन्न परिवारलाई आफ्नो सुनौलो भविष्यका लागि चित्रमा कोरिएको सपना तीन वर्षमा पूरा गर्न सपना सहयोग कोषमार्फत् अधिकतम ४५ हजार शत प्रतिशत अनुदान रकम समेत प्रदान गर्ने कार्यक्रम रहेको आयोजनाका लैंगिक तथा सामाजिक समावेशीकरणका संयोजक आलोक कर्णले वताउनुभयो । 

यससँगै ग्रामीण क्षेत्रमा संचालित कार्यक्रमले विपन्न परिवारको आर्थिक रुपमा सवल बनाउन  दुध, हरियो, तरकारी, माछा र सुगन्धित जडिबुटी उत्पादक समूहलाई आपुर्ति श्रृखलाको विकासका लागि आयोजनाले ३० देखि ५० प्रतिशत सह लगानी समेत गरिंदै आएको छ । 

vlcsnap-2023-01-27-10h16m58s177

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फ संचालित कार्यक्रम मधेश प्रदेशको पर्सा जिल्ला वाहेक सात वटा जिल्लाका १९८ वटा महिला समूह मार्फत् विगत पाँच वर्षदेखि कार्यक्रम संचालन हुँदै आएको छ ।

vlcsnap-2023-01-27-10h16m46s185