X Swastha nirdeshnalai

मनोरञ्जन

    Showing ७१-८० of ८८ items.
  • परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम, विद्यार्थीको भविष्यमाथि खेलवाड

    बारा, कार्तिक १० गते– प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बुधबार प्रथम त्रैमासिक परीक्षा स्थगित गरी आज सांस्कृतिक कार्यक्रम भइरहेकाले परीक्षा नै प्रभावित भएको अभिभावकले बताएका छन् ।स्थानीयबासीमा सम्झदारी नभएकाले बालबालिकाको भविष्य अन्धकारमा राखेर परीक्षा स्थगित गरी विद्यालय परिसर भित्र सांस्कृतिक कार्यक्रम गराइएको अभिभावक मुनीलाल यादवले बताउनुभयो ।परीक्षा अघि वा परीक्षा सकेपछि विद्यालयको सट्टा अर्को ठाउँमा साँस्कृतिक कार्यक्रम गर्न सकिन्थ्यो, दुर्भ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १० पटक पढिएको
  • पर्सामा बाल विवाह र दाइजोको विरोधमा नाटक देखाइँदै

    वीरगञ्ज,कार्तिक ७ गते – तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् ।आफ्ना लागि केही चाहिन्न पनि भन्छन् । तर हुनेवाला सम्धीलाई बुहारीका लागि दिनु भन्दै १० लाख नगद, मोटरसाइकल, फ्रिज, वासिङ मेसिन लगायत गरी लाखौंको दाइजो माग्छन् । पण्डितले उत्तम साइत रहेको बताएपछि कुरा चलेको भोलिपल्टै विवाह गर्ने तय हुन्छ ।केटीका बुवाले क्षमता नभएपनि छोरीको विवाह एक दिन त गर्नैपर्छ भनेर दाइजोक

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १२ पटक पढिएको
  • कलाकार बन्नको लागि पढ्नैपर्छ स् दिपाश्री निरौला

    सिरहा,कार्तिक ६ गते –दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन् । उनले रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हुन् । लोकप्रिय टेलिश्रृंखला ‘तीतो सत्य’ मा लामो समय हाँस्य कलाकारको रुपमा अभिनय गरेकी निरौला नेपाली चलचित्र ‘छक्का पन्जा’ को निर्देशक पनि हुन्। निरौलासँग अन्नपूर्णकर्मी मनिका विश्वकर्माले गरेको कुराकानी स्तपाईँलाई कस्तो मौसम मनपर्छ रुगर्मी मौसम ठिक लाग्छ । जाडो सहन सक्दिन ।के गर्दा खुशी लाग्छ रुदिनःदुखीलाई सहयोग गर्दा खुशी लाग्छ ।कलाकारिता क्षेत्रमा आउन के कुराले प्रेरित गरायो रुसानैदेखि नाच्न, गाउन मन पर्थ्यो। कलाकार पर्दामा देखिँदा म पनि कहिल्यै आउने होल

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • २९ पटक पढिएको
  • दसैँमा राराताल पुगेका पर्यटक अलपत्र

    खलङ्गा,कार्तिक ६ गते – दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् ।मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।बाँकेको नेपालगञ्जका सिर्जन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • २४ पटक पढिएको
  • गीतले सम्झाइदिएको मरौटी

    बागलुङ,कात्तिक ६ गते ।‘रमरम मरौटीतिम्रो रुपै करौँती‘’युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो रु जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ ।नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ६४ पटक पढिएको
  • १२ जना जुवाडे १ लाख ७१ हजार नगदसहित पक्राउ

    वीरगन्ज,कार्तिक ५ गते । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा ९तास० खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो। विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कर्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कोशीया ठाकुर, २६ वर्षीय वीरेन्द्र सहनी, २९ वर्षीय सुरेश साह, वडा नम्बर १ का २४ वर्षीय

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १७ पटक पढिएको
  • मल्लिक घरानाको ‘जयसियाराम’

    जनकपुरधाम,कार्तिक ३ गते– ‘जय सियाराम’ नामक मैथिली भाषाको गीति एल्बम ह्रदय भन्दा पनि रकमलाई छोएको धारणा व्यक्त गरिएको छ ।प्रदेश २ सरकारको आर्थिक लगानीमा निर्माण गरिएको सो एल्बमको लोकार्पण समारोहमा सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् । जनकपुरधाम स्थित गिरिजा सिनेमा हलमा मंगलवार आयोजित कार्यक्रममा प्रदेश २ सरकारका उद्योग ,पर्यटन तथा वन मन्त्री रामनरेश यादवले जय सियाराम एल्बमको लोकार्पण गरेका हुन । प्रदेश सरकारको पर्यटन प्रबद्र्धनात्मक प्रचार– प्रसार कार्यक्रम अन्र्तगत नवरस मिडिया तथा लोक समाजको संयोजनमा एल्बममा तयार पारिएको हो । एल्बममा एक सय भन्दा बढि कलाकारहरुले अभिनय गरेका छन । अभिनय गर्नेह

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २२९ पटक पढिएको
  • सञ्चालनमा केबुलकार ।

    चितवन,असोज ३० । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो । गत भदौ २३ देखि अस

    • प्रकाशित मितिः आश्विन ३०, २०७८
    • ९३ पटक पढिएको
  • हराउँदै छ सखिया नाचको रौनक

    कञ्चनपुर,असोज ३० गते । दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ ।कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए । ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ,’ उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं ।’ गाउँका अधिकांश व्यक्ति व्यावसायीक कार्यमा सङ्लग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदास

    • प्रकाशित मितिः आश्विन ३०, २०७८
    • ७५ पटक पढिएको
  • उपाधि त्रियुगा एएफसीलाई

    सिरहास्थित धनगढीमाई नगरपालिका वडा नं. १३ डावरमा हिजो अबेर सम्पन्न ‘प्रथम डावर गोल्ड कप’ को उपाधी त्रियुगा ए.एफ.सी फत्तेपुर सप्तरीले प्राप्त गरेको छ । फाईनल खेल अवधिमा २–२ को बरावरीमा टुङ्गीपछि आयोजक लक्ष्मी युवा क्लव र एफसीविच भएको ट्राईवेकरमा एफसीले २ को विरुद्ध ४ गोल गरेर ए.एफ.सी. पत्तेपुरले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।  वीजयी टिमलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरिले ५० हजार नगद, शिल्ड, पदक सहित प्रमाणपत्र प्रदान गरेको छ । दोस्रो हुने आयोजक लक्ष्मी युवा क्लव डावरलाई उप प्रमुख फुलकुमारी श्रेष्ठले ३० हजार नगद सहित शिल्ड ,पदक सहित प्रमाणपत्र वितरण प

    • प्रकाशित मितिः आश्विन २८, २०७८
    • ७४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२