सिरहास्थित धनगढीमाई नगरपालिका वडा नं. १३ डावरमा हिजो अबेर सम्पन्न ‘प्रथम डावर गोल्ड कप’ को उपाधी त्रियुगा ए.एफ.सी फत्तेपुर सप्तरीले प्राप्त गरेको छ । 

फाईनल खेल अवधिमा २–२ को बरावरीमा टुङ्गीपछि आयोजक लक्ष्मी युवा क्लव र एफसीविच भएको ट्राईवेकरमा एफसीले २ को विरुद्ध ४ गोल गरेर ए.एफ.सी. पत्तेपुरले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।  

वीजयी टिमलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरिले ५० हजार नगद, शिल्ड, पदक सहित प्रमाणपत्र प्रदान गरेको छ । 

दोस्रो हुने आयोजक लक्ष्मी युवा क्लव डावरलाई उप प्रमुख फुलकुमारी श्रेष्ठले ३० हजार नगद सहित शिल्ड ,पदक सहित प्रमाणपत्र वितरण प्रदान गरेको छ । 

त्यसैगरी म्यान अफ द म्याच भएको फत्तेपुरको गोल किपर दिलिप माझीलाई वडा अध्यक्ष श्री सुर्यमान तामाङ ज्यु बाट पुरस्कार वितरण गर्नु भएको हो । त्यसैगरि सर्वाेउत्कृट खेलाडी डावरकै अन्जन हमाल भएको हो र उत्कृष्ट कोच डावरकै प्रताप राजा शाहि भएको हो ।

विजया दशमीको शुभ अवसरमा आयोजना गरेको प्रथम डावर गोल्ड कप फुटवल प्रतियोगिता असोज २० गते देखि २७ गते सम्म भएको थियो । 

स्वस्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद नारा दिई शुरु भएको डाबर गोल्डकम क्रमिक रुपमा चलिरहने क्लवका अध्यक्ष सुप्रभात श्रेष्ठले वताए ।