सिरहा,कार्तिक ६ गते –दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन् । उनले रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हुन् । लोकप्रिय टेलिश्रृंखला ‘तीतो सत्य’ मा लामो समय हाँस्य कलाकारको रुपमा अभिनय गरेकी निरौला नेपाली चलचित्र ‘छक्का पन्जा’ को निर्देशक पनि हुन्। निरौलासँग अन्नपूर्णकर्मी मनिका विश्वकर्माले गरेको कुराकानी स्
तपाईँलाई कस्तो मौसम मनपर्छ रु
गर्मी मौसम ठिक लाग्छ । जाडो सहन सक्दिन ।
के गर्दा खुशी लाग्छ रु
दिनःदुखीलाई सहयोग गर्दा खुशी लाग्छ ।
कलाकारिता क्षेत्रमा आउन के कुराले प्रेरित गरायो रु
सानैदेखि नाच्न, गाउन मन पर्थ्यो। कलाकार पर्दामा देखिँदा म पनि कहिल्यै आउने होला जस्तो सोच्र्थे । त्यसकारण पनि कलाकार बन्न प्रेरित गरायो ।
कति वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको रु
सात वर्षदेखि नै हो।
कलाकारिता क्षेत्रमा प्रवेश गर्दा के के चुनौती सामान गर्नुपर्यो रु
थियो नि। धेरै नै छन्। छोरी मान्छेलाई घरभित्रै बस्नुपर्छ भनिन्थ्यो त्यतिबेला । सुटिङ सकेर राति घर फर्किँदा धेरै गाह्रो हुन्थ्यो । विराटनगरमा घर भएकाले पनि सुटिङ गर्न अलि टाढा जानुपर्थ्यो । पहिले भन्दा त अहिले धेरै सहज छ ।
नेता मन पर्छ रु
देशको बारेमा सोच्ने नेता मनपर्छ ।
प्रधानमन्त्री नि रु
केपी बा मनपर्दथ्यो । उहाँले राम्रो काम गर्नहुन्छ।
कलाकारका लागि अध्ययन आवश्यक छ रु
धेरै आवश्यक छ । मैले पढेरभन्दा पनि परेर कलाकार बने । फिल्म पढेर कलाकार बन्नु र नपढिकन कलाकार बन्नुमा धेरै आकाश पातालको फरक हुन्छ । म पनि अहिले गुगलमार्फत फिल्मबारे पढिरहेकी छु ।
पढेर कलाकार बन्दा के फाइदा हुन्छ रु
धेरै फाइदा हुन्छ। फिल्मको सबै कुराबारे जानकार हुँदा त्रुटीहरु के(के छन् त्यो पत्ता लगाउन सकिन्छ। धेरै कुरा थाहा हुँदा काम गर्न पनि सहज हुन्छ । फिल्मको भाषा बुझिन्छ । फिल्मलाई कसरी बाध्नुपर्ने, लामो फिल्म भनेको के हो लगायतबारे जानकार भइन्छ ।
सरकार सिनेमा क्षेत्रप्रति कत्तिको गम्भीर देख्नुभएको छरु
कोरोनाको कारण थलिएको सिनेमा क्षेत्रलाई माथि उठाउन सरकारले खासै ध्यान नदिएको देखिन्छ ।
नयाँ प्रवेशी कलाकारलाई कस्तो सन्देश दिनुहुन्छरु
बुझेर आउनु भन्छु । देखाउटीभन्दा पनि साच्ची मनैदेखि आउनुहोला। संर्घष गरेसँगै सफल भइन्छ भन्ने सोच्नुस् ।
तपाईंलाई मनपर्ने खाना के हो रु
म शाकाहारी। हरियो सागसब्जी अनि पनिरको तरकारी मनपर्छ ।
विवाहको तयारी के छ रु
विवाह त गर्नु नै पर्छ । ढिलो चाँडो होला । गर्नु नै पर्छ भन्ने पनि छैन ।
तपाईं हाँस्यकलाकार। अरुलाई हसाउनुहुन्छ। रियल लाइफमा कत्तिको हाँस्नुहुन्छरु
हाँस्छु। अरुलाई हसाएसँगै आफू पनि हास्न मनपर्छ । हास्ने मान्छे हो म ।
तपाईँको अभिनयलाई दर्शकले मनपराउनुको कारण के हो रु
म बनावटीभन्दा पनि रियलमा ध्यानमा दिन्छु। रियल अभिनय भएर होला।
अभिनय गर्दा के कुरालाई बढी ध्यान दिनुहुन्छरु
विषयवस्तुलाई फोकस गर्छु । कुन कुराले दर्शकलाई बढी मात्रामा खुशी दिन्छ त्यसैमा बढी ध्यान दिन्छु ।
भविष्यको लक्ष्य के छ रु
त्यस्तो ठूलो लक्ष्य छैन । दर्शकलाई लामो समयसम्म खुशी राख्न पाइयोस् । राम्रा फिल्म ल्याउन पाइयोस् त्यही न हो




















