सिरहा,मंसिर १३ गते – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि जिल्लामा पुरुष र महिला टोलीको छनौट तथा बन्द प्रशिक्षण सुरु भएको छ ।मंसिर २७ देखि सुदूर पश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप महिला र पुस १२ देखि काठमाण्डुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिने निर्धारण भएपछि जिल्ला स्थित खेलाडीहरुको छनौट र बन्द प्रशिक्षण सुरु भएको हो । क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको मंसिर १४ भित्र छनौट गरी सक्नु पर्ने भएकाले सो कार्य पुरा गरी बन्द प्रशिक्षण थालिएको जानकारी दिए । सुरु
सिरहा,मंसिर १३ गते – शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् ।दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ ।गत सिजन अन्तिम खेलमा आर्मीलाई पराजित गरेर पहिलो पटक लिग जितेको मछिन्द्र यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मछिन्द्रले यस सिजन जितबाट लिगको सुरुआत गरेको थियो । पहिलो खेलमा एनआरटीलाई २(१ ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने योजनामा मछिन्द्र छ ।उता आर्मीले भने नेपाल पुल
सिरहा,मंसिर १० गते – आइसीसी महिला टी२० विश्वकप एसिया छनोटमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुबईको आइसीसी एकेडेमीमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालकी इन्दु बर्मा ४ रनमा आउट भइन् । ६ ओभरको खेल सकिँदा नेपालले ३८ रन बनाएको छ । मलेसियाका लागि एल्सा हन्टर ४८ बलमा सर्वाधिक ३९ रन जेड्दै अविजित रहिन् । नेपालकी कविता कुँवरले पहिलो ओभरको पाँचौं बलमा मलेसीयाकी कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट गरिन् । वान जुलिया १ रनमा रन आउट भइन् ।सबनम राईले युस्रिाना याकोपलाई १२ रनमा र एलिस
सिरहा,मंसिर ९ गते – युएईमा भईरहेको आईसीसी महिला टी(३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो। लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ ।दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३।३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुवै अविजित रहे । ओपनर
सिरहा,मंसिर १ गते – नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी–२० क्रिकेट खेल्दै छ।कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ । नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा छ। यो सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ।विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुने
सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।सिरहाको गालवजारमा भईरहेको तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२ केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।
काठमाडौं,कार्तिक ३० गते – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी–२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो ।आईसीसी टी(२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ । खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । नेपालले बुधबार दो
सिरहा, कार्तिक २८ गते । राष्ट्रियका लागी खेल,स्वास्थ्यका लागी खेल मुल नाराका साथ आज देखी सिरहास्थित सुखिपुरमा प्रथम मेयर टुर्नामेन्ट संचालन भएको छ । खेलको उद्घाटन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले गर्नुभएको हो । सुखिपुर नागरपालिकाद्दारा संचालित प्रथम मेयर कप टुर्नामेन्टको आज उद्घाटन खेलमा विराटनगर पुलिश क्लबलाई दुईका विरुद्ध सल्हेश युवा क्लब सिरहाले चार गोल गरी विजयी भएको छ । भोलि सोमबारको खेल सुखीपुर एफ.सी. सिरहा र मोतीगाढा युथ क्लव गाईघाटविच हुने आयोजकले बताएका छन् ।आज आइतबारदे देखी सुरु भएको मेयर गोल्डक प्रतियोगितामा सिरहा, धनुषा, विराटनगर, महोत्तरी लगायत विभिन्न ८ जिल्लाका
सिरहा,कार्तिक २२ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज चौथो दिन विरेन्द्र बजार धनुषाले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको चौथो दिन विरेन्द्र बजार धनुषाले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज चौथो दिन विरेन्द्र बजार धनुषाका टिम र एक्टिभ युथ क्लब वेलटार विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको ३४ मिनेटमै विरेन्द्र बजार धनुषा टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच विरेन्द्र
सिरहा,कार्तिक २१ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज तेस्रो दिन दुधौली एफ.सी सिन्धुली टिम र मोतीराजा एफ.सी गाईघाट विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको २ मिनेटमै मोतीराज एफ.सी गाई टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच मोतीराजा
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.