सिरहा, कार्तिक २८ गते । राष्ट्रियका लागी खेल,स्वास्थ्यका लागी खेल मुल नाराका साथ आज देखी सिरहास्थित सुखिपुरमा प्रथम मेयर टुर्नामेन्ट संचालन भएको छ । खेलको उद्घाटन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले गर्नुभएको हो । 

football 14

सुखिपुर नागरपालिकाद्दारा संचालित प्रथम मेयर कप टुर्नामेन्टको आज उद्घाटन खेलमा विराटनगर पुलिश क्लबलाई दुईका विरुद्ध सल्हेश युवा क्लब सिरहाले चार गोल गरी विजयी भएको छ । भोलि सोमबारको खेल सुखीपुर एफ.सी. सिरहा र मोतीगाढा युथ क्लव गाईघाटविच हुने आयोजकले बताएका छन् ।

football 2

आज आइतबारदे देखी सुरु भएको मेयर गोल्डक प्रतियोगितामा सिरहा, धनुषा, विराटनगर, महोत्तरी लगायत विभिन्न ८ जिल्लाका टिम सहभागी रहेको आयोजकले जनाएको छ । 

football 13

मंसिर चार गते समापन हुने खेलमा प्रथम हुनेलाई मेडल, शिल्ड सहित नगद रु ५१ हजार रुपैया, द्धितिय हुने लाई मेडल, शिल्ड सहित ३१ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।