सिरहा,कार्तिक २१ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले बिजय भएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले १ गोलले विजय भएको छ ।

शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज तेस्रो दिन दुधौली एफ.सी सिन्धुली टिम र मोतीराजा एफ.सी गाईघाट विच भएको आयोजक संस्थाले जनाए ।
खेल सरु भएको २ मिनेटमै मोतीराज एफ.सी गाई टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।
आजको खेलमा म्यान अफ द म्याच मोतीराजा एफ.सी गाईघाटका खेलाडी रवि शंकर चौधरीलाई नगद रु पाच सय दिईएको आयोजक संस्थाले जनाए ।

भोलीको खेल विरेन्द्र बजार धनुषा र एक्टिभ युथ क्लब वेलटार विच हुने आयोजक संस्थाले बताए ।



















