सिरहा,कार्तिक २२ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज चौथो दिन विरेन्द्र बजार धनुषाले बिजय भएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको चौथो दिन विरेन्द्र बजार धनुषाले १ गोलले विजय भएको छ ।
शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज चौथो दिन विरेन्द्र बजार धनुषाका टिम र एक्टिभ युथ क्लब वेलटार विच भएको आयोजक संस्थाले जनाए ।
खेल सरु भएको ३४ मिनेटमै विरेन्द्र बजार धनुषा टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।

आजको खेलमा म्यान अफ द म्याच विरेन्द्र बजार धनुषाका खेलाडी ओम चौधरीलाई नगद रु पाच सय दिईएको आयोजक संस्थाले जनाए ।




















