X wada

स्थानिय

    Showing ४६१-४७० of १,३२३ items.
  • प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी ,करौडोको क्षति

    पर्सा,पुस ६ गते । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार बिहान ६ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन पर्सा, बाराका १

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १२१ पटक पढिएको
  • सिरहाःप्रसिद्धि धर्मिक स्थल बालासुन्दरी भगवति मन्दिर

    मनु यादव सिरहा,पुस ५ गते ।  मधेश प्रदेश को  सिरहा जिल्लामा पर्ने  भगवानपुर गा पा मा अवस्थित भगवानपुर बालासुन्दरी भगवती मन्दिर पनि शक्तिशाली पीठहरु मध्ये एक हो । भगवानपुर चौक देखि ३०० मीटर पुर्वमा अवस्थित बालासुन्दरी भगवती मन्दिर को गथा र प्रसिद्धि नेपाल तथा भारतमा समेत रहेको छ  ।  प्रत्येक वर्ष  दशमीमा बालासुन्दरी भगवती मन्दिरमा लग्ने मेला हेर्न  श्रद्धालु दुरदराज बाट  आउने गर्दछ । मनोकामना पुरा भएकाहरुले भाकल चढाउने र पुजापाठ गर्ने गर्दछन ।बाला सुन्दरी  भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनम

    • प्रकाशित मितिः पुस ५, २०७९
    • ३८५ पटक पढिएको
  • गोडधोई पोखरी डिलको जग्गा लिजमा लगाउने गुठीको निर्णयमा सर्वोच्चले रोके

    धनुषा,पुस ४ गते । गुठी संस्थानले जनकपुरधामको वडा नंं ८ गोडधोई पोखरीको पश्चिम तथा उत्तर डिलमा रहेको ७ कठा जग्गा लिजमा लगाउने सूचना हालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले उत्प्रेषणको आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले जनकपुरधाम वडा नंं १३ बस्ने रामनारायण साहको निवेदनमा सुनुवाई गर्दै हालका लागि गुठी संस्थानले ३० वर्षका लागि लिजमा दिने सूचना उत्प्रेषणको आदेशले हालका लागि रोक लागेको छ । निवेदकका तर्फवाट कानून व्यवसायि अरुण पञ्जियार तथा सुभाष खड्काले बहस गर्नुभएको थियो ।ऐतिहासिक एवं धार्मिक महत्त्वको उक्त पोखरीको पश्चिम उत्तर डिलमा रहेको सिट नंं १३५५ को

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १३७ पटक पढिएको
  • थारु सङ्ग्रहालय महोत्तरीमा बन्ने

    महोत्तरी, पुस ३ गते । भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ । मन्त्री चौधरीले भन्नुभयो, ‘‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेका छन् । तपाईँहरू सङ्ग्रहालयको गुरुयोजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’’थारु समुदायलाई दैनिक क्रियाकलापपछि राजनीतिमा अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिपकुम

    • प्रकाशित मितिः पुस ३, २०७९
    • १३४ पटक पढिएको
  • सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिके

    महोत्तरी,पुस ३ गते । महोत्तरीको मटिहानीमा मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मानमहन्त दास आज बिहान पक्राउ गरेको हो । महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेकोले दासलाई गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जनाउनु भयो । मानमहन्त दासलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ३, २०७९
    • २११ पटक पढिएको
  • गोदाममा छापा, भन्सार छलीका लाखौका सामान बरामद

    विरञ्ज,पुस १ गते । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका

    • प्रकाशित मितिः पुस १, २०७९
    • १७० पटक पढिएको
  • विष्णुपुरबाट कटुवा पेस्तोल सहित एक युवक पक्राउ

    सिरहा,मंसिर २९ गते । सिरहा प्रहरीले कटुवा पेस्ता्ल सहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट ईलाका प्रहरी कार्यालय बिष्णुपुरसिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले जिल्ला सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ०३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा वर्ष २२ को विन्दे भन्ने सावन कुमार दासलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल थान–१, सोमा लाग्ने गोली राउण्ड–१ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।पक्राउ परेका दास माथी आबश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दि

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १७१ पटक पढिएको
  • युवकको शव भेटियो,हत्या भएको आशंका

    बारा,मंसिर २९ गते । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा एक युवकको शव भेटिएको छ । परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको  छ ।परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाउनु भयो। कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने ।काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १६७ पटक पढिएको
  • जाडो छल्न परालकै आगोको भर

    सिरहा,मंसिर २९ गते । यस वर्ष पनि सितलहर सुरु भई सकेको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको सित लहरबााट जोगिन दलित समुदायहरु परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।शीतलहरको कहरमा लाहान–१३ गणेशपुरका चमार समुदायहरू बिहानको चिसो छल्न तीन चार ठाउँमा परालकै आगो९घुर० तापेर चिसोबाट जोगिन थालेको त्यस गाउँका ६० वर्षीय सीताराम मोचीले बताउनुभयो । उहाँका अनुसार यो गणेशपुरका राम बस्तीमा मात्रै होइन नभएर अन्य  दलित समुदायमा ९० प्रतिशतभन्दा बढी सुकुम्वासी र आर्थिक अवस्था कमजोर हुनेहरू शीतलहर र बाढीको चपेटामा पर्ने नियति नै भैसकेको छ । धानको परालको आगो दुई चार मिनेटसम्म पनि टिक्न नसक्ने भ

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १५१ पटक पढिएको
  • दुर्घटनामा परि महतोको मृत्यु

    धनुषा,मंसिर २९ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतो रहेको छ ।बुधवार राति १० बजे पूर्वबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसको पछि÷पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोकीएर अनियन्त्रित भई पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जनाउनु भयो । महतोको उपचारको क्रममा प्रादेश

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२