पर्सा, पुस ७ गते । पर्साको विरगञ्ज महानगरपालीकाबाट आफ्नै श्रीमतीको मरेको अभियोगमा २ जनालाई प्रहरीले पक्रउ गरेको छ । आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारी दासको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका २७ जसौलीका ३४ वर्षीय कुशल दास र दासका भरत लाई प्रहरीले पक्रउ गरेको छ । कुशल दासको श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मृतक दासकी हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देख्दा कुशललाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा कुशलले श्रीमती पर(पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको खुलेको हो । हत्या पश्चात कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुले छ।
घटनामा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका १७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै कुशलको भाई भरतलाई समेत पक्राउ गरेको प्रहरीले जनाउनु भयो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




















