बारा,पुस १० गते । बारा जिल्लाको आर्दश कोतवाल गाउपालिकाबाट नक्कली नेपाली रुपैया सहित ३ जना पक्रउ परेको छ । पक्रउ पर्नेमा आर्दश कोतवाल गाउपालिका वाड नम्बर ६ पटेर्वाका राम सहाय कुर्मी सहित अन्य दुई जना रहेको छ।
पालीकाकै वाडा नं. ६ हरनैया चोकवाट तिनै जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ।
जिल्ला प्रहरी परिसर र ईलाका वाट खटिएको संयुक्त टोलीले नक्कली नोट कारोवारमा संलग्न कारोवारी लाई पक्राउ गर्न सफल भएका छन।
उनीहरु संग १ हजारका नक्कली नेपाली रु. ३लाख वरावर र दुई वटा भारतीय नम्बर प्लेट को वाईक पनि वरामद गरेको छ।यस सम्वन्धमा थप अनुसन्धान गरि रहेको प्रहरीले जनाउनु भयो ।




















