अनुभक्त चैधरी

सिरहा,पुस ८ गते । सिरहाको लहान २२ मा अखिल क्रन्तिकारीका वरिष्ठ केन्द्रिय सदस्य किरण अधिकारी थारुको तेह्रौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । थारुको यही मंसिर २५ गते हिृदयघातका कारण मृत्यु भएको थियो ।

कार्यक्रमाका प्रमुख अतिथीको आसन्न बाट केन्द्रिय सदस्य कमरेड हरिकृष्ण गजुरेल बोल्दै कमरेड किरण थारु पार्टीको सिद्धान्त अङ्गाल्दै नेतृत्व गर्ने,कसैलाई काखापाखा न गर्ने र आफू पदका लागि पनि न अड्ने एक असल कार्यकर्ता गुमाउँदा पार्टीलाई अतुलनिय क्षती भएको छ । 

WhatsApp Image 2022-12-23 at 11.45.48 AM

उनले थपदै क.किरण थारु जस्तो ईमान्दार,कर्मठ,सहासीक कार्यकर्ता लाखौमा एक हुन्छ र उहाँ जस्तो पाउन कठीन हुने केन्द्रिय सदस्य क.गजुरेलले बताउनु भयो ।

ने.क.पा.(क्रान्तिकारी माओवादी) मधेश प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा स्वर्गीय कमरेड किरण थारुको साईलो दाजु हालको लहान नगरपालीका वाडा नं.२२ का वाडा अध्यक्ष श्याम कुमार अधिकारीले श्रद्धाञजलीमा स्वागत गर्दै स्व.बुवा,आमा र भाई किरणको नाउमा ट्रष्ट स्थापना गर्ने जनाउनु भयो ।  

स्व.थारुको जेठो दाजु राम शंकर चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रन्तिकारीका केन्द्रि देखि नगर सम्मका नेता तथा कार्यकर्ता,गाउँका भद्रभलादमी,वुद्धिजिवी र स्थानीयवासीको उलेख्य सहभागिता रहेको थियो ।

स्वर्गीय थारुको ३ वटा सन्तान मध्ये १ छोरा र २ छोरी रहेको छ ।

WhatsApp Image 2022-12-23 at 11.45.54 AM

WhatsApp Image 2022-12-23 at 11.45.49 AM (1)