धनुषा,पुस ७ गते । धनुषासबैला नगरपालीकामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जनाउनु भयो। दुवैजना मोटरसाइकलमा सवार थिए ।
दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।




















