X Sharama Funecure

स्थानिय

    Showing २०१-२१० of १,३१५ items.
  • महिलामाथि कुटपिट

    सिरहा,जेष्ठ ३० गते । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो।कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपीट गरेको उनको आरोप छ।  महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ। 

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ३३० पटक पढिएको
  • लाखौको हारा मटर प्रहरीले गरे पक्राउ

    सिरहा,जेष्ठ १७ गते । अवैध रुपमा चोरी निकासी गरी भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेका अवस्थाबाट करिव एक लाख साठी हजार मूल्य बराबरको हारा मटर प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा भारतको लदनियाबाट सिरहाको लहानतर्फ लग्दै गरेको अवस्थामा धनगढी वडा नं. १ बाट सिटी रिक्सामा राखेर १०० वटा बोरा प्याक गरेको हारा माटर इलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ । बरियारपट्टिमा छोटी भन्सार कार्यालायका प्रमुख शम्भु कुमार केसीका अनुसार घर प्रयोजनको लागि लगिएकोले थोरै भन्सार काटी उक्त सामाग्री नेपाल भित्र्याउन दिइएको वताइएको छ । यद्यपि प्रति बोरा ३० के.जी. हारा मटर लेखिएको भए पनि भन्सार क

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ६४२ पटक पढिएको
  • महिनाबारीलाई अवसरको रुपमा लिनुपर्नेमा जोड

    सिरहा,जेष्ठ १७ गते ।सिरहाको लहानमा बुधबार विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी भार होइन, प्रकृतिले दिएको उपहार हो भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको छ । महिनाबारीलाई अवसरको रुपमा लिने उद्देश्यले आयोजना गरेको मेलामा लहान नगरपालिकाका १७ वटा विद्यालयका किशोर किशोरी लगायतहरुको सहभागिता रहेको थियो । महिनावारीलाई स्वच्छ बनाउनको लागि घर र विद्यालयहरुमा सामाग्री तथा संरचना मात्र भएर नहुँने भन्दै सबैको महिनाबारीप्रति सकारात्मक सोच भयो भने मात्र महिनाबारी भएको किशोर किशोरीमा देखा पर्ने समस्या हटेर जाने अभियन्ताहरुले जानकारी दिनुभयो । विशेषतः तराई मधेशमा महिना बारीको बेल

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ३६० पटक पढिएको
  • राजदेवी मन्दिरमा भक्तजनकोे घुइँचो

    सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ । भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् । राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरे

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ४१६ पटक पढिएको
  • किशोर किशोरीको लागि कार्यक्रम

    सिरहा,जेष्ठ ४ गते । किशोर किशोरीहरु कुलतमा नफसुन् भन्ने उद्देश्यका साथ सिरहाको लहानमा जीवन उपयोगी सिप सम्बन्धी कार्यक्रम संचालन भएको छ । पछिल्लो समयमा युवा तथा किशोर किशोरीमा कुलतमा फस्ने डर अत्यधिक मात्रामा बढेको कारण कुलतको शिकारमा पर्नेहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । सप्तरी जिल्लाको खड्ग नगरपालिका, सुरुंगा नगरपालिका, विष्णुपुर गाउँपालिका, छिनमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका गरी पाँच पालिलकाका २० जना सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम प्राप्त सहजकर्ताहरुले स्थानीय वाल क्लवका किशोर किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ५५४ पटक पढिएको
  • सलहेश मन्दिरमा चाेरी

    सिरहा,वैशाख १८ गते । सिरहाकाे लहान नगरपालिका वडा न.१२ र २२ मा पर्ने सलहेश फुलवारीकाे मन्दिरमा चाेरी भएकाे छ । धार्मीक वन सलहेश फुलवारीकाे मालिन  र सलहेश मन्दिरमा चाेरी भएकाे हाे ।रातीकाे समयमा चाेरले मन्दिरकाे ताला फुटाई दानपेटीकामा भएकाे नगद चाेरी लगेकाे मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जनाउनु भयाे ।उनका अनुसार साँझमा करीव ७ बजे फुलवारीबाट घर गए विहान मन्दिर खाेल्न आएकी पुजारी हजुरआमाले फाेन गर्दा थहा भयाे ।आएर हेर्दा दुवै  मन्दिरमा राखिएका  दानपेटीका फुटाई दान पेटीकामा रहेकाे अन्दाजि ४/५ हजार नगद चाेरले लगेकाे धामी सिंहले बताउनस भयाे । चाेरले मालिन गहवरकाे ताला हेक्स

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ७८६ पटक पढिएको
  • जानकी मन्दिरमा चोरी, सुरक्षामाथि प्रश्न ।

    सिरहा,बैसाख १६ गते । हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए ९स्नेचिंग०पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामक

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ५०३ पटक पढिएको
  • तराईका यी स्थानमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन अनुरोध

    सिरहा,बैसाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा  सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ८१५ पटक पढिएको
  • धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    सिरहा वैशाख,१३ । जनकपुरधाम । धनुषाको औरही गाउँपालिका(१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • ४९३ पटक पढिएको
  • महोत्तरीको मटिहानीमा भीषण आगलागी

    सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ६३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२