सिरहा,भदौ ७ गते । मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिष कुमार सिंह र नयाँ कमला पुल निर्माण संघर्ष समिति बीच चार बुँदे सहमती भए पछि हिजोदेखि बन्द रहेको सिरहा सदरमुकाम खुलेको छ ।
समिति र मुख्य मन्त्रीबीच भएको सहमती भएपछि नागरिक समाज सिरहाले गरेको कार्यक्रम स्थगित गरिएसँगै सिरहा सदरमुकाम पूर्ववत् रुपमा संचालनमा आएको छ ।
समिति र मुख्य मन्त्रीबीच नयाँ कमला निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेटका लागि संघ सरकारसँग पहल गर्ने नभएमा मधेश प्रदेश सरकारको श्रोतबाट व्यहोर्ने, २०८१।०८।०१ भिधमा पुल निर्माणको डीपीआर का तयारीका लागि बोलपत्र आव्हान गरिने, नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजैको मितिबाट स्थगित गरिने निर्णय भएका हुन् ।





















