सिरहा,भदौ, २४ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम संचालन गर्ने संघ संस्थाको काम प्रभावकारी नभएको भन्दै गाउँपालिकाले चासो व्यक्त गरेका छन् ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अन्तर्गत संचालित संघ संस्थाले गर्ने कार्यक्रमहरु विशेष गरी दोहोरो र प्रभावकारी नभएको भन्दै कार्यक्रम संचालन गर्दा गाउँपालिकाको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले गाउँपालिका अन्तर्गत संचालित गैर सरकारी संस्थाहरुको काम अपारदर्शी ढंगले गाउँपालिकामा संचालन भइरहेकोले गाउँपालिकाको जानकारी बेगर कसैले कुनै कार्यक्रम नगर्न आग्रह गर्नुभयो । 

vlcsnap-2024-09-09-16h31m11s583

केही वर्षदेखि गाउँपालिकामा आसमान नेपाल, साप्रोस, नेपाल, राष्ट्रिय कृषक महासंघ, दिदी बहिनी, पीपीसी, दलित जनकल्याण युवा क्लव, काफ्ट नेपाल, यू एस. आई.डी लगायतका बाह्र वटा गैर सरकारी संस्थाले कार्यक्रम संचालन गरिंदै आएको छ । 

कृषि उद्यमी, आय आर्जन, पोषण सुधार, गरिवी निवारण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ती गैर सरकारी संस्थाले गाउँपालिकामा करोडौको कार्यक्रम संचालन गर्दै आइरहेको छ । 

vlcsnap-2024-09-09-16h31m38s438