सिरहा,श्रावण ३१ गते । सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुख शिवशंकर महतोको गैरजिम्मेवारीका कारण नगरपालिकाको काम लथालिंग बनाएको आरोप लगाउँदै सुधारका लागि तीन बुँदे माग गर्दै २४ घण्टे अल्टिमेटम दिएपछि नगर कार्यपालिकाको बैठक बोलाइएको छ ।  

कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले नगरपालिकामा देखिएको समस्या समास्या समाधानको लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगर सभाको मिति तत्काल तोक्नुपर्ने र आर्थिक वर्ष ०८१÷८२ का लागि कार्यक्रम तथा बजेट पारित गर्न कार्यपालिकाको बैठको माग सहित सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि मंगलबार भदौ २ गतेका लागि नगर कार्यपालिकाको बैठकका लागि पत्राचार गरिएको छ ।

धनगढीमाई नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत राजकुमार दासद्वारा हस्ताक्षरित पत्राचारमा उपप्रमुख सहित १४ वटै वडा र नगर कार्यपालिकाका सदस्यहरुलाई अगामी भर्दौ २ गतेका लागि बैठकको आव्हान गरेको छ ।

गत २८ असारमा १२ औँ नगरसभाअन्तर्गत पारित गर्न लागिएको बजेट तथा कार्यक्रम आन्तरिक विवादका कारणले रोकिएको एक महिनापछि नगरका १० वटाका वडा अध्यक्षहरले संयुक्त प्रेस विज्ञप्तिमार्फत यथाशीघ्र नगरसभाको मिति तय गर्न माग गरेका थिए ।