सिरहा,श्रावण ३२ गते । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीस्थित हरिनगरा गाउँपालिका वडा नं.३ का करिव ४१ वर्षीय महेश कुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन् । 

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । 

घाइते यादवको ठेलियास्थित धर्मेश्व अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रण लिई थप अनुसन्धान जारी रहेको जानकारी दिएकोे छ ।