धनुषा,फागुन १९ गते – धनुषाबाट प्रहरीले लागुऔषध गाजासहित एकयुवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका–९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले उनलाई घरनजिकै कालो प्लास्टिक लिएर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा गाजासहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कापरको साथबाट ६ सय ग्राम गाजा बरामद भएको हो ।कापरमाथि लागऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक दिन १० दिनक
सिरहा फागुन १९ गते । ऐतिहासिक तथा पुरातात्विक स्थल सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखर बनौलीमा रहेको महाकवि विद्यापति गढमा घेराबेरासँगै संग्राहलय भवन र शिव मन्दिरको निर्माणको कार्य भइरहेको छ । ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न रहेको उक्त स्थानलाई संरक्षण सम्बर्धन गर्न प्रदीप गिरीको सांसदीय विकास कोषबाट ४५ लाखको लागतमा विभिन्न संरचनाहरुसँगै बन्न लागेको दुई तल्ले भवनभित्र पहिलो तल्लामा कार्यालय र पाहुना घर तथा अर्को तल्लामा महाकवि विद्यापति सम्बन्धी भेटिएका प्रमाणहरुको संग्रहसँगै दस्तावेज, लेख, रचनाहरु रहने जनाइएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको विद्यापति गढलाई पुरातत्व वि
सिरहा,फागुन १९ गते – चोरी भएको मोटरसाइकल सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–५ का राम बरण सदाको २० वर्षीय छोरा उमेश माझी र नम्वर उप्केको डिस्कभर मोटर साईकल चालक सोही ठाउँका गंगा मण्डलको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर मण्डललाई चोरीको मोटरसाइकल सहिपक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचको क्रममा ज ४ प ६३९६ नम्बरको मोटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएको मोटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकी सोधपुछ गर्दा ज ४ प ६३९६ नं।को मोटरसाइकल बताएकोमा निजहरुसंग सो मोटर साईकल
सिरहा,फागुन १९ गते – मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ हुने भएको छ । मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त
सिरहा,फागुन १९ गते – मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ भने ४ हजार १ सय गाँजाको बोट नष्ट गरेको छ ।सो क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाही प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका– ८मा रहेको गोरखकाली प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलबार दिउँसो १२ बजे चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चायत राजा परसौनी–१ का २३ वर्षीय मो।साकिर, सोही ठाउँका वडा न–९ का ३५ वर्षीय नुर मोहम्मद राई र शिवहर जिल्ला्राम पञ्चायत सलिमपुर–१३ क
सिरहा,फागुन १८ गते – रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो । स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स
सिरहा,फागुन १८ गते – पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमा स्काई रोप साइक्लिङ निर्माण गरेको छ । काठमाडौंबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कँडेलले बताए । ’एक करोड लगानीमा साइक्लिङ तयार भएको छ’ कंडेल भने, ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुवैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काई रोप साइक्लिङ हो ।’ दुईतर्फी ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँ
सिरहा,फागुन १८ गते – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायोे ।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले विवाह रोकाएपछि सबै आ–आफ्नो घरतर्फ लागे । ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्ने
संखुवासभा,फाल्गुन १७ गते । संखुवासभाको चैनपुर नगरपालिका –७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर –७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।प्रहरी निरिक्षक खतिवडाका अनुसार रतुवा मृग मार्न श्रेष्ठलाई प्रहरी भरुवा बन्दुकसहित चैनपुर –७ को वालेश्वरबाट पक्राउ गरेको बताए। अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार दिउँसो अन्दाजी साढे ३ बजे बोरामा लुकाई राखेको रतुवा मृग सहित श्रेष्ठलाई पक्राउ गरिएको
सिरहा,फागुन १७ गते – मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.