सिरहा,फाल्गुन २१ गते ।  धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रका जाते चौडी, भालुटार, दुरविन डाँडा लागायतका स्थानहरुमा जुवा तास कौडी खेल्ने र खेलाउनेहरुको संख्यामा दिनानुदिन बृद्धि भएका संगै स्थानियहरुले उक्त कार्य गर्न प्रतिवन्ध लगाएको छ ।

स्थानिय बुद्धिजिबि,समाजसेबी तथा धनगढीमाई नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष सुर्यमान तामाङ्गको अगुवाईमा आज बसेको बैठकले जुवा तास खेल्ने र खेलाउने कार्यमा पूर्ण रुपले रोक लगाएको छ । 

उक्त स्थानमा जुवा तथा खेल्ने र खेलाउने कार्य गरे वा गराएको पाईएमा दश हजार एकावन्न रुपैया जरिवाना तिर्नु पर्ने साथै राति ८ बजे सम्म मात्र उक्त स्थानहरुमा मदिरा बेचबिखन गर्न पाईने निणर्य गरेको छ । निणर्य उल्लघन गर्ने वा गराउनेलाई पचास हजार एकावन्न रुपैया जरिवानन तिनुपर्ने निणर्य गरेको धनगढीमाई नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश योन्जनले पूर्वाञ्चल एक्सप्रेस अनलाईनलाई जानकारी दिनुभयो ।

वडा अध्यक्ष योन्जनका अनुसार केही दिन देखी उक्त स्थानहरुमा व्यापक रुपमा जुवातास खेल्ने कार्य तथा घरेलु मदिरा बेच बिखन भईरहेको थियो उक्त कार्य रोक्न प्रहरी प्रशासन निकै प्रयास गरेपनि नियन्त्रण हुन सकेको थिएन ।

वडा अध्यक्ष सुर्यमान तामाङ्ग सहित स्थानिय भद्रभलादमी तथा समाजसेबीहरुको गरेको निणर्य प्रति स्थानियहरु खुशी भएको बताए ।

जुवा तास सम्वन्धि के छ कानून ?

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।

नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।