सिरहा,फाल्गुन २१ गते । सिरहाको मिर्चैया नगरपालिका वाडा नं. ६ मटियर्वा ओलारमा एक करोड ५० लाखको लागतमा अतिथी सदन निर्माण हुने भएको छ । 

मधेश प्रदेश अन्तर्गत सिरहा क्षेत्र नं. ४ क बाट निर्वाचित सांसद दिलपि साहको संसदीय विकास कोषबाट १ करोड ५० लाखको लागतमा बन्न लागेको सुविधा सम्पन्न भवनले त्यस भेगका स्थानीयहरुलाई बैठक भेला लगायत सामाजिक कामको लागि उपयोगी हुने जनाइएको छ । 

2 2

जनघनत्वको हिसावले ठूलो क्षेत्रफल ओगटेको उक्त क्षेत्रभित्र विवाह, ब्रतबन्ध, सभा, सेमिनटर, गोष्ठी लगायतका सामाजिक कामको लागि अतिथि सदन अभावमा अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता रहँदै आएको थियो । 

बन्न लागेको उक्त संरचना अन्तर्गत पाँच सय जना अट्ने ठूलो हलसँगै विभिन्न अतिथि गृह, शहीद पार्क, कार्यालय कक्ष लगायतका संरचनाहरु रहने सांसद दिलिप साहले उल्लेख गरेका छन् ।

1 2

बन्नै लागेको अतिथि सदनले त्यस वरिपरिका स्थानीयलाई फाइदा हुनेसँगै बहु आयामिक सदन भएकोले सामाजिक कार्यको लागि अन्यत्र ठाउँका मानिसहरुको लागि पनि लाभदायी सिद्ध हुने जनाइएको छ ।