सिरहा,फाल्गुन २० गते ।  दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ ।

विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । 

1 1

युवाहरुलाई प्राविधिक शिक्षा तर्फ अग्रसर बनाई परनिर्भरता अन्त्य गर्ने उद्देश्यले समेत प्राविधिक शिक्षातर्फ जोड दिइएको विश्वविद्यालय अध्यक्ष युवराज चौधरीले जनाएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयका डिन डा. प्रचण्डमान प्रधानले न्यूनतम् शुल्कमा गुणस्तरीय सेवा दिनमा आफूहरु विश्वस्त रहेको जनाउँदै अन्तक्र्रियामा सहभागीहरुलाई राम्रो र गुणस्तरीय सेवा दिन अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा समेत छलफल गर्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका सह प्राध्यापक नरेन्द्र डाँगी, डा. दिपरन्जन डाँगी लगायत सिरहाका शिक्षाप्रेमी बुद्धिजीवीहरुको उपस्थिति रहेका थिए । 

  2 1