सिरहा,फाल्गुन २२ गते । धनगढीमाई नगरपालिका वडा नं. ११ सोनापुर स्थित राती एक घरमा चोरी गर्दा गर्दै स्थानियले चोर पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
सोनापुर स्थित सिरिया मण्डलको घरमा चोरी गर्दे गरेको अवस्थामा चोर पक्राउ परेको पिडित परिवाजनले बताए ।
पिडितका मण्डलका अनुसार घरमा मेरो छोराको बिहेको मटकोरमा गर्न बाहिर गएको बेला मौका छोपी उनीहरु घरमा चोरी गर्न भित्र पसेका थिए । घर भित्र बाक्समा राखिएको नगद ३ लाख चोरी गरेको आरोप रहको छ ।
चोरी गर्दा गर्दै पक्राउ परेका गोलवजार नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को राम भरत मण्डल र सोही ठाँउ बस्ने वर्ष सुधिर कुमार सिंह र सुखिपुर नगरपालिका वडा नं. ७ बस्ने नागेन्द्र कुमार शर्मालाई स्थानियहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय धनगढीको जिम्मा दिईएको स्थानिय अशोक कुमार मण्डलले बताए ।
पक्राउ परेका तिनै जना ईलाका प्रहरी कार्यालय धनगढीमा रहेको  र आवश्यक अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय धनगढीका सय प्रकाश खड्काले जानकारी दिनुभयो ।