सिरहा,फाल्गुन २१ गते । सिरहाको गोलबजामा भईरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनौटको लागि हुने नोमिनेशन समयावधि भोलि १० बजेसम्मलाई लम्ब्याएको छ ।

आज दिनभरको प्रयासको बाबजुद पनि सहमति हुन नसकेपछि भोलि १० बजेसम्म नोमेनेशनको समयावधि बढाइएको निर्वाचन अधिकृत संजीव कुमार लामाले उल्लेख गर्नुभयो ।

2 3

निर्वाचन अधिकृत लामाका अनुसार भोलि आइतबार नोमोनेशनको समयावधि समाप्त हुने वितिकै दावी विरोध तथा नाम फिर्ताको लागि दुई दुई घण्टा समय दिई अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिने जनाउनुभयो । 

नेपाली कांग्रेसले १४ औं सिरहा जिल्ला अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष २, सचिव २, सह सचिव २ गरी ७९ जना चयनको लागि सिरहा जिल्लाबाट दुई हजार दुई ६ सय बैसठी प्रतिनिधीहरुले मतदान गर्दैछ । 

6 1

२३ गते विहान ८ बजेदेखि मतदान शुरु भई ४ बजेसम्म सकिने समेत अधिकृत लामाले उल्लेख गर्नुभयो ।

सिरहा कांग्रेसमा चरम विवाद देखिएको छ । आपसी विवादकै कारण हिजो एउटा समूहले सिरहा सदरमुकाममा र अर्का समूहले  गोलबजारमा उद्घाटन गरेका थिए । 

3 2

1 3