सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी याद
सिरहा,बैशाख १५ गते । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका छन् ।उनीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस तथनाम भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरुले जानकारी दिएको छ । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समुहलाई बाहिर निकालेको थियो । कुटपिटको विरुद्ध नगरपालिकाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।नगरपालिकाले वडा–१० स्थित अवैध रुपमा उत्खन्न भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमल
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।सो स्वास्थ्यकेन्द्रमा कार्यरत नर्स किरण मण्डलको लापरवाहीले सुत्केरीको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । गत बैशाख ६ गते प्रसुति गराउन गएकी शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया बस्ने सितेश मुखियाकी २८ बर्षिय श्रीमति पूजा मुखियालाई प्रसुति हुँदा अत्यधिक रक्तश्राव सुरु भएको थियो ।रक्तश्राव भएपनि नर्स किरण मण्डलले उनलाई घर पठाएपछि तीनदिनपछि शुक्रबार विहान उनको ज्यान गएको हो । नर्स मण्डलले समान्य रक्तश्राव मात्र रहेको भन्दै उनलाई घर पठाएको आरोप परिवारजनले लगाएका छन् ।पूजा
जनकपुरधाम, वैशाख ४ गते । दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन। कानुन बनेको तीन वर्षभन्दा बढी भइसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै दलित अगुवाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मधेश प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते प्रमाणीकरण गरी दलित सशक्तीकरण ऐन २०७६ लागू गरेको दलित अगुवा विनोद विश्वकर्माले बताउनुभयो। यस ऐनअनुसार कामकारबाही नहुँदा उहाँले चिन्ता व्यक्त गर्नुभयो। दलित समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक, नागरिक, आर्थिक, शैक्षिक विकास प्रक्रियामा सहभागिता सुनिश्चित गर्न र जातीय भेदभाव र छुवाछूत पूर्ण रूपमा अन्त्य गर्न गराउन प्र
सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारीमा गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन तराईको जिल्लासँगैसँगै भारतका विभिन्न स्थानका निःसन्तान महिलाहरुको आज ठूलो भिड लागेको छ ।प्रत्येक वर्ष वैशाख २ गते भव्य रुपमा लाग्ने मेला पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तान प्राप्त हुने जनविश्वासको कारण पोखरीमा नुहाउन निःसन्तान महिलाहरुको भीड लागेको हो । ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा राजा हरिसिंह देवको मन्दिरमा पूजापाठ गरी पताल पोखरीमा नुहाउन निःसन्तान महिलाहरु व
सिरहा ,बैशाख २ गते । सातौं महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गरेको हो महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागि मध्ये खुल्ला बाट अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा सरोज कुमार यादव सिरहा बाट चयन भएका छन ।अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन झापामा आज सम्पन्न भएको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेआदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गरेका छन । महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने बताए । वर्तमान सरकार
सिरहा ,बैशाख २ गते । सातौं महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गरेको हो महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागि मध्ये खुल्ला बाट अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा सरोज कुमार यादव सिरहा बाट चयन भएका छन ।अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन झापामा आज सम्पन्न भएको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेआदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गरेका छन । महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने बताए । वर्तमान सरकार
सिरहा :चैत २८ गते । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै मंगलबार ( आज) शहिदनगर नगरपालिकाका मेयर दिनेश यादव र शिक्षा संयोजक बिश्वनाथ यादव विरुद्ध नारावाजी भैरहेको छ ।केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी तीन दिन देखी धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण ग
सिरहा,चैत्र २८ गते । सिरहाको गोलवजार नगरपालिका वडा नं. १२ बेतौना भएर वग्ने मैनावती नदीमा मधेश प्रदेश सरकारको सत्रह लाखको लागतमा नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणको काम भएको छ ।जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय सिरहा मार्फत मैनावती नदीमा चेनेलाईजेशन र नदीमा बाँध निर्माण भएपछि त्यस भेगका हजारौ विगहा उवजाउ जमिन कटान हुनबाट जोगिएको स्थानीय जितेन्द्र मंडलले जनाउनु भयो ।नदीले धार परिवर्तण गर्दै वर्षेनी खेती योग्य जग्गा कटान गरिदिदा त्यस भेगका स्थानीय चिन्तित बनेका थिए । नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणले नदीको वहाव पुरानै दिसातर्फ बग्न थालेपछि नदीको दुवै छेउको उब्जाउ जग्गा बँचेको स्थानीयले
सिरहा :चैत २७ गते । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै सोमबार( आज) धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्ष
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.