सिरहा,श्रावण  ७ गते । विभिन्न पत्रकार माध्यमबाट मेरो बारेमा लेखिईएको समाचार तथ्यहिन रहेको राम वचन साहले बताए ।

विभिन्न समाचार माध्यमा एकतर्फी मलाई नसोधिकन समाचार समप्रेषण गरी पत्रकार अचार संहिताको ठाडो खिल्ली उडाएको पत्रकार भेटघामा सहले जनाउनु भयो ।

मेरो बारेमा समाचार लेख्दा मेरो पनि विचार लेख्नु लिनु पर्ने हो । तर एकतर्फी समाचार लेख्नु यसले प्रष्ट हुन्छ पूर्वाग्राही राखेर मलाई बदनाम तथा फसाउन  खोजेको हो । हाल सम्म म कुनै बारगेनिङ्ग गरेको छैन । 

यातायातमा बाहिर ज्यलादारीमा  काम गरिरहेकाले पत्रकार संतोष वराईलीले एक लाख रुपैया तिमी देउ  दिएनौ भने यातायातको तिम्रै विरुद्ध समाचार लेखिदिन्छु भन्दै वराईलीले धम्की दिदै आएको साहले उल्लेख गर्नु भयो ।

साहले थप्दै भने यतायात विरुद्ध स–प्रमाण सहित पर्सनल फेसबुक पेज मार्फत सरोकारवालको ध्यानआर्कषणको लागी प्रकाशन गरे लगतै म माथि विभिन्न किसिमका दबाब सहित विभिन्न समाचार मार्फत मेरो विरुद्ध समाचार लेखाएको हो त्यो समाचारमा कुनै सत्यता नरहेको वचनको भनाई रहेको छ ।