सिरहा,श्रावण ९ गते । धनगढीमाई नगरपालिकाले गतआर्थिक वर्षमाभए गरेको कार्यक्रमहरुको प्रगतिसमिक्षाकार्यक्रम गरी सार्वजानिक गरेको छ ।
नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका अन्र्तगतका विभिन्न शाखाहरुका शाखा प्रमुखहरु आफनो बार्षिक प्रगति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेका थिए ।
नगर परिषद्बाट पारित नगर भित्रका वडा स्तरीय,नगर स्तरीय योजना लगायतका विभिन्न योजनाहरुको आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट रु ९१ करोड ११ लाख ४७ हजार विनियोजित बजेट मध्ये ५९ करोड ४७ लाख २५ हजार खर्च गरी वित्तिय प्रगति ६५।२८ प्रतिशत हासिल गरेको छ ।
त्यस्तै एकिकृत चालु खर्च अन्र्तगत विनियोजित बजेट ५३ करोड ६३ लाख ३५ हजार मध्ये ३८ करोड ६० लाख ३० हजार खर्च गरी वित्तिय प्रगति ७१.९७ प्रतिशत हासिल गरेको छ भने एकिकृत पुँजिगत तर्फ ३७ करोड ४८ लाख ११ हजार विनियोजित बजेट मध्ये २० करोड ८६ लाख ९४ हजार खर्च गरी वित्तिय प्रगति ५५.६७ प्रतिशत हासिल गरेको छ ।
सर्शत तर्फको बजेट अन्र्तगत चालु बजेट २१ करोड ८९ लाख १० हजार विनियोजित बजेट मध्ये १८ करोड ३९ लाख ८१ हजार खर्च गरी वित्तिय प्रगति ८४.०४ प्रतिशत हासिल गरेको छ भने पुँजिगत तर्फ ५ करोड ८२ लाख बजेट मध्ये ४ करोड २६ लाख ३४ हजार खर्च गरी वित्तिय प्रगति ७३.२५ प्रतिशत हसिल गरेको बरिष्ठ लेखा अधिकृत पुरुषोतम साहले प्रस्तुत गरेको छ ।
उक्त कार्यक्रममा प्रगति प्रस्तुत गर्दै भन्ने पालिकाले १७ करोडकोे आन्त्रिक श्रोतको घाटा बजेट बनाएको,असारको २० गते लेखा शाखामा फाईल आउनु अनुगमन प्रतिवेदन विना फाईल आउनुको साथै नेपाल सरकारको लेखाप्रणालीको सर्भरमा डाउन हुनको कारण केही फाईलको निकासा बाँकी रहेको बताए ।
नगर प्रमुख शिबशंकर महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाअध्यक्ष,कार्य पालिका सदस्य तथा विभिन्न शाखाका शाखाप्रमुख र सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन भएका थिए ।





















