सिरहा,श्रावण १६ गते । सिरहाको धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा ब्यापकआर्थिक अनियमितता भएको भन्दै भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिले आज नगरपालिका घेराउ गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई निलम्बन गर, नगरपालिकाको गतआ.व.को सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्, ग्राभेल उत्खनन् बन्द गर जस्ता माग राखी आन्दोलनमा उत्रिएको समितिले २१ गते भित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 

vlcsnap-2023-08-01-15h36m17s734

जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा आर्थिक वर्ष २०७९।०८० को छोटो अवधिको क्षमता विकास र सीपमुलक तालिमहरु नायब सुब्बा र खरिदारको लोक सेवाआयोग तयारी कक्षा, सिलाई कटाई, विउटीसियन, हाउस वाइरिंग इलेक्ट्रिसियनको झण्डै ८० लाखमाव्यापक भ्रष्टाचार भएको समितिको बुझाई रहेको छ । 

स्मरणीय छ, लोक सेवाआयोग तयारी कक्षामा व्यापक अनियमितता भएको समाचार नेपाल टेलिभिजन लगायत विभिन्न संचार माध्यममा समाचार सम्प्रेषण भएपछि खरिदार र नायव सुब्बाको लागि संचालित तयारी कक्षाबाट नगरपालिकाले सेवाप्रदायक संस्थाबाट करिव  ११ लाखनगरपालिकाले फिर्ता लिएको छ ।

नगरपालिकाले अनियमितताबारे छानविन भइरहेकोले दोषीलाई कार्वाहीगरिने प्रतिबद्धता जनाएका छन् ।