सिरहा श्रावण १६ गते ।पूर्व पश्चिमलोकमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारस्थितगागनखोलाको पश्चिमीकिनारमा वेवारिसे लास फेला परेको छ ।
करिव २५ वर्षको जस्तो देखिने युवकको शवको हालसम्मपहिचानहुननसकेको इलाकाप्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
खोलाकिनारको झाडिमा भेटिएको युवकको शवमाटाउँको र मुखमागहिरो चोट लाग्नुको साथै घाँटीमा गम्छा बाँधीएको अवस्थामाशवभेटिएकाले अन्यत्रहत्या गरीफालिएको हुनसक्ने जनाइएको छ ।
अनुहारमा किरासमेत लागेकाले दुई तीनदिन अघिनै घटना भएको हुनसक्ने अनुमानगरिएको छ । घटनाको अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।




















