काठमाडौं पुष ३० गते – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन । राजनीतिक भेटघाट र अन्य कामका लागि आउनेहरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उहाँको
महोत्तरी,पुष २९ गते – शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका(२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो। जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्व
पर्सा,पुष २९ गते – खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जना
काठमाडौं,पुष २९ गते – इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका– ६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ ।प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्नेरगराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय
सिरहा,पुष २९ गते – वीरगंज महानगरपालिका– १६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । गजुरी गाउँपालिका– २ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाम
सुनसरी,पुष २९ गते – ईनरुवा नगरपालिका– ३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका(७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।ज. २ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सिरहा,पुष २९ गते – एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि रु घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो रु भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उनी दिक्क छिन् । अर्को एक ग्यारेज व्यवसायी सञ्जिव ९नाम परिवर्तन० छन्,
सिरहा,पुस २९ गते । प्रदेश नं.२ सरकारको सहयोगमा सिरहाको लहानस्थित खुट्टी सिंचाई आयोजनामा सिंचाईको लागि हेड वक्स निर्माणको कार्य तीब्र रुपमा भइरहेको छ । प्रदेश सरकारको भौतिकपूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिचाई विकास डिभिजन सिरहाद्वारा आठ करोड ५६ लाखको लागतमा निर्माण भइरहेको उक्त हेड वक्सले त्यस भेगका करिव ९ सय ५० विघा क्षेत्रफलमा सिंचाई हुनेछ । लहानको बीच भाग भएर बग्ने वर्षौ पुरानो खुट्टी सिंचाई आयोवयोजना सुचारु नहुँदा सिंचाई अभावमा त्यस भेगका कृषकहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । हेड बक्स निर्माण हुन थालेपछि खेतमा सिंचाई सेवा पुग्नेमा आफूहरुआशावादी रहेको स्थानीयको
जनकपुरध,पुष २८ गते – प्रदेश नम्बर दुईको मन्त्रिपरिषद् बैठकले सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सर्लाही निवासी अन्सारी यसअघि युएनमा कार्यरत थिए । साथै प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ । केन्द्रमा प्रदेशका जनप्रतिनिधि देखि कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने छ। केन्द्र मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ । विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएको
सिरहा,पुष २८ गते – मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट बिभिन्न लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका– ८ सिमपानीबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध चरेस र १० किलो अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित राक्सिराङ गाउँपालिका– ६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु।३ च ९७४ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.