सिरहा, माघ ५ गते । धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र एमाले परित्याग गरी दर्जनौ नेता कार्यकर्ता पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस अघि नेपाली कांग्रेसबाटै धनगढीमाई नगरपालिका वडा नं. २ स्थित भवानीपुरका नेपाली कांग्रेसबाट निर्वाचित पूर्व गा.वि.स.अध्यक्ष गहुमलाल चौधरीको नेतृत्वमा सयौं नेता कार्यकर्ता प्रवेश भएका थिए । 

नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका ५ नं. वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई फुलमाला र अबिर लगाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ुख हरिनारायण चौधरीले स्वागत गर्नुभएको छ ।

नव प्रवेशीहरुमा नेपाली कांग्रेसका नेता जय नरायण यादबको नेतृत्वमा अरुण कुमार यादब, भोलाई यादब, महिन्द्र मण्डल, ललित राम, सोभित राम, राज लाल यादब, मनोज यादब, सुकदेब यादब, विनिता देवी यादव, गायत्री देवी यादव, धर्मदेव दास, रामपुकार यादव, लोचन दास, शितल दास, बलराम यादव, दिनेश मण्डल, धनिराम यादव, विलट साह, भविषचन्द्र यादव, रमेश मण्डल, हरि राम, सिताराम यादव, रोशन यादव, रामनरेश यादव लगायत रहेका छन् ।
IMG_20220119_102934

नव प्रवेशीलाई स्वागत गर्दै पार्टीका केन्द्रीय सदस्य तथा नगरप्रमुख चौधरीले पछिल्लो कालमा माओवादी केन्द्रमा नव प्रवेशीको लहर चलेकाले अगामी निर्वाचनमा जित सुनिश्चित रहेको वताउनुभयो । उहाँले जित्नको लागि मात्र नभई जनताको विकासको समृद्धिको केन्द्रमा राखेर विकास गर्नलाई माओवादी केन्द्र जित्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । 
अर्का नेता तेजबहादुर आलेले धनगढीमाई नगरपालिकाले मधेश प्रदेशमै विकास निर्माणमा फड्को मारेकाले जनतालाई केन्द्रमा राखी विकास गर्न सक्ने नेता कार्यकर्तालाई अगामी निर्वाचनमा पार्टीले पुनः विजयी गराउनुपर्ने उल्लेख गर्नुभयो ।    
५ नं. वडा कमिटी अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पनन पार्टी प्रवेश कार्यक्रममा शुभराज लामा, तेज बहादुर आले, नगर कमिटीका नेताहरु बुद्धिलाल चौधरी, सिंहेश्वर महतो, सूर्य प्रकाश महतो, रामनाथ महतो, शुभलाल महरा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रामकरण यादवले गरेका थिए भने स्वागत तैंतिस विगहा गाउँ कमिटी अध्यक्ष शिवनाथ यादवले गरेका थिए ।